Prakash Adhikari November 27, 2019

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।

टिचिड. अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि उपचार भैरहेको छ । प्रधानमन्त्री ओलीलाई सोमबार रातीबाट पेट दुख्न थालेपछि मंगलबार बिहान सो सेन्टरमा पुर्याईएको थियो । त्यहाँ उहाँको एपेन्डिसाटिसको सल्यक्रिया गरिनुको साथै पेटको संक्रमणको उपचार भैरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भेन्टिलेरमा राखेर उपचार गरिएकोले पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीलाई भेट्न त पाउनुभएन तर उहाँको उपचारमा संलग्न चिकित्सक र उहाँका पारिवारिक सदस्य तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुसंग स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उहाँ फर्कनु भएको छ ।

‘प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानमन्त्री देउवाले उपचारमा संलग्न डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेटेर फर्कनुभएको जानकारी दिनुभएको छ ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीलाई अहिले भेन्टिलेरबाट बाहिर निकालिएको छ र उहाँको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ ।

उहा आज आधा घन्टा कुर्सीमा बस्नुभयो र कालो चिया खानुभयो,’ थापाले भन्नुभयो ।

Share Now

Leave a comment.