पोखरा(कास्की), ११ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पोखरमा अयोजना गरेको आमसभा नजिक विष्फोट भएको छ ।
मंसिर १४ गते हुने कास्की २ को उपनिर्वाचनलाई ध्यानमा राखेर नेकपाले पोखराको नयाँ बजारमा आमसभा राखेको थियो । नेकपाका अध्यक्ष प्रचण्डले समेत संबोधन गर्ने कार्यक्रम रहेको सो सभास्थलमा नेकपाका नेता सुवास नेम्बाड.ले सम्बोधन गरिरहेको बेला सभास्थल केही पर बसपार्कमा बम विस्फोट भएको छ ।
विस्फोटबाट कुनै क्षति भने भएन ।


















