नरपानी(अर्घाखाँची)११ मंसिर । अर्घाखाँची जिल्लाको नरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको सदरमुकामा सन्धिखर्कबाट बुटवल जादै गरेको बस नरपानीको भीरबाट खस्दा १७ जनाको मृत्युु भएको हो । घट्नास्थलमै १० पुरुष र ७ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जना गम्भीर घाइते भएका छन् ।
बुधबार दिउँसो दिउँसो १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी बजार नजिकैको घुम्ती कालाखोला र रातामाटामा दुर्घटना भएको हो।

बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो।
गम्भिर घाइते १२ जनालाई उपचारको लागि बुटवल पठाईएको छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ । मृत्युु हुनेको सनाखत हुन बाँकी छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।


















