पोखरा(कास्की),१२ पौष । नेपालको घरेलु लिग पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणको फाइनल आज हुँदैछ ।
यो संस्करणको उपाधिको लागि गत संस्करणको उपविजेता एवम् पारस खड्का कप्तानीको चितवन राइनोजसंग प्रदिप ऐरी कप्तानीमा रहेको बिराटनगर टाईटन्सले प्रतिस्पर्धा गर्दैछ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने खेल ११स्३० बजे सुरु हुने यस प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
पारस खड्का नेतृत्वको चितवन राइनोज लिग चरण अन्तर्गतका पाँच वटै खेलमा जित हात पार्दै अपराजित टिमको रुपमा सोझै फाइनल प्रवेश गरेको हो भने बिराटनगर भने समुह चरणमा दुइ जित र ३ हार पछि तेश्रो स्थानमा रहँदै इलिमिनेटर जितेर फाइनलमा पुगेको हो। इलिमिनेटरमा बिराटनगरले सोमपाल कामि कप्तानीको टिम बुटवल ब्लास्टर्सलाई पराजित गरेको थियो।
चितवनले प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले, बुटवल ब्लास्टर्सलाई ११९ रनले, धनगढी ब्लुजलाई ५२ रनले, बिराटनगर टाईटन्सलाई १८ रनले तथा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनले पराजित गरेको थियो। सबै खेलहरु चितवनले एकतर्फी ढंगले जितेको थियो।
पीपीएलको पहिलो संस्करणमाफाइनलमा पोखरा पल्टनसंग रोमान्चक खेलमा ३ विकेटले पराजित बएको चितवन यो पटक उपाधि उचाल्ने जोश बोकेर मैदानमा प्रवेश गर्दैछ ।
यता लिग चरणमा ५ खेलमा २ जित र ३ हार बेहोरेको बिराटनगरले लिगको अन्तिम र इलिमिनेटरमा बुटबललाई परास्त गरेको थियो।
लिग चरणको पहिलो खेलमा धनगढीसंग ५ रनले पराजित भएपछि बिराटनगरले दोश्रो खेलमा पोखरा पल्टनबिरुद्ध ४५ रनको जित दर्ता गरेको थियो। त्यसपछि काठमाडौँसंग ३६ रनले तथा चितवन राइनोजसंग १८ रनले पराजित भएपछि जित्ने पर्ने अन्तिम तथा पाँचौ खेलमा बिराटनगरले बुटवललाई पराजित गरेको थियो।
प्रतियोगितामा सबै खेलाडीहरु लयमा आएकाले बिराटनगर पनि उपाधिको दावेदार रहको छ । हेरौ, केही घण्टाको खेलपछि पोखरा प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि कुन टिमले उचाल्ने छ ।