Prakash Adhikari December 28, 2019

पोखरा(कास्की),१२ पौष । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज भैरहेको फाइनल खेलमा साविकको उपविजेता चितवन राइनोजले बिराटनगर टाईटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

Image may contain: 2 people

चितवन राइनोजका तर्फबाट अनिल साह र रोहन मुस्तफाले समान ५० रन बनाए। कप्तान पारस खड्का २५ बनाएर मैदानबाट बाहिरिए ।

खेलमा करन केसीले २६ रन, आरिफ शेखले १९ रन र सन्नी पटेलले १६ रन बनाए । बाबर हायात ५ रन बनाएर आउट भए ।

चितवनलाई रोक्ने क्रममा बिराटनगरको बलिंगमा मोहम्मद जैद आलम र पुनित मेहराले समान २ । २ विकेट तथा किशोर महतो १ विकेट लिए।

पोखरा प्रिमियर लिगमा चितवनले बनाएको यो सबैभन्दा धेरै रनको योगफल हो ।

Image may contain: 9 people, people smiling, people sitting, table and indoor

Image may contain: 7 people, people smiling, crowd, sky, tree and outdoor

Image may contain: 18 people, people smiling, crowd and outdoor

 

Share Now

Leave a comment.