Prakash Adhikari December 28, 2019

पोखरा(कास्की),१२ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजले जितेको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिवार भएको खेलमा साविकको उपविजेता चितवन राइनोजले बिराटनगर टाईटन्सलाई ३२ रनले पराजित गरेर उपाधि उचालेको हो ।

खेलमा टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

https://www.facebook.com/PokharaPremierLeague/videos/863725274045781/

२ सय ३ रनको लक्ष्य लिएको विराटनगरले निर्धारित २ं० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ७० रन मात्र जोड्यो र नतिजा चितवनको पक्षमा सुम्पियो ।

पोखरा प्रिमियर लिगको विजेता चितवन राइनोजको टिमले २७ लाख रुपैया नगद,ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको विराटनगर टाइटन्सले रु १० लाख नगद पुरस्कार र सम्मान पत्र प्राप्त गरेको छ ।

फाइनल खेलको प्रत्यक्ष अवलोकन गर्न भरतपुर र विराटनगर नगरपालिकाका प्रमुखसहित पदाधिकारीहरु पोखरा रंगशाला पुगेको थिए ।

Image may contain: 9 people, people smiling, people sitting, table and indoor

आजको खेलमा चितवनले विशाल स्कोर तयार पारी विराटनगरको सामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

विराटनगरले लक्ष्य पूरा गर्न सकेन । विराटनगरका लागि मोहम्मद जेद आलमले ५७, प्रदीप सिंह ऐरीले ३६, पुनित मेहराले ३२,नुमन खानले १८, जितेन्द्र मुखियाले ७, सुनिल धमलाले ४, पुष्प थापाले ३ र लोकेश बमले १ रनेको योगदान दिए ।

विराटनगरलाई रोक्ने क्रममा चितवनका करन केसीले ३, सन्नी पटेलले २, रोहन मुस्ताफाले १ विकेट लिए भने एक विकेट रन आउटमा गयो ।

यस अगाडि पोखरा रंगशालामा टस हारेर ब्याटिड.को निम्तो पाएको चितवन राइनोजका तर्फबाट अनिल साह र रोहन मुस्तफाले समान ५० रन बनाए। कप्तान पारस खड्का २५ बनाएर मैदानबाट बाहिरिए ।

खेलमा करन केसीले २६ रन, आरिफ शेखले १९ रन र सन्नी पटेलले १६ रन बनाए । बाबर हायात ५ रन बनाएर आउट भए ।

चितवनलाई रोक्ने क्रममा बिराटनगरको बलिंगमा मोहम्मद जैद आलम र पुनित मेहराले समान २ । २ विकेट तथा किशोर महतो १ विकेट लिए।

पोखरा प्रिमियर लिगमा चितवनले बनाएको यो सबैभन्दा धेरै रनको योगफल हो ।

Image may contain: 7 people, people smiling, crowd, sky, tree and outdoor

Share Now

Leave a comment.