काठमाडौं, १५ फागुन । मुलुकको आर्थिक विकासको प्रतिबिम्ब मानिने सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहिबार नयाँ कीर्तिमान कायम भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को कारोबार रकमले बुधबारको कीर्तिमान भंग गरेको छ ।
बुधबार नेप्सेमा ४ अर्ब १५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो। बिहिबार ४ अर्ब ४६ करोड रकमको कारोबार भयो । एकै दिन भएको यो कारोबार रकम नेप्सेको स्थापनापछिको सबैभन्दा बढी हो ।
बिहिबार नेपाल स्टक एक्सचेञ्जमा १ सय ८० कम्पनीको ३५ हजार ४ सय ६७ पटकको कारोबारमा ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।
| Market Summary | |
| Total Turnover Rs: | 4,460,536,251 |
| Total Traded Shares | 10,859,656 |
| Total Transactions | 35,467 |
| Total Scrips Traded | 18 |
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३६.०५ अंक बढेर १६३२.१७ विन्दुमा पुगेको छ।
बजार खुल्ने बित्तीकै तीव्र गतिमा ओरालो लागेको नेप्से बजारमा खरिदकर्ताहरु हाबी भएपछि बजार पुनः सकारात्मक दिशामा अघि बढेको थियो।
Gainers
| Symbol | LTP | % Change | Qty |
|---|---|---|---|
| EBL | 880.00 | 10 | 127,927 |
| SBI | 542.00 | 9.94 | 81,584 |
| HBL | 698.00 | 9.92 | 49,030 |
| NABIL | 955.00 | 9.77 | 167,082 |
| WOMI | 1,350.00 | 9.31 | 23,670 |
| SCB | 837.00 | 8.7 | 85,420 |
| NICA | 660.00 | 8.2 | 330,732 |
| UNL | 23,330.00 | 8.03 | 130 |
| NFS | 162.00 | 8 | 6,148 |
| NBB | 250.00 | 7.76 | 193,954 |
बिहिबार सेयर बजारमा बैंकिड.समुहको कारोबार उचालियो । एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकको शेयरमूल्यमा त सकारात्मक सर्किट नै लाग्न गएको थियो। नबिल बैंक र वोमी माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीको बढोत्तरी भएको छ।
बिहिबारको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशियाको २० करोड ५९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यसैगरी, अन्य ८ कम्पनीहरुको कारोबार रकम १० करोड नाघेको छ।


















