Prakash Adhikari January 18, 2018

काठमाडौं,४ माघ । राजनीतिक दलहरुले समानुपातिकको सुचीमा राखी प्रदेश सभामा उठाएर पार्टीले पाएको मतको आधारमा विजयी बनेका उम्मेदवारहरुको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

विजयी उम्मेद्वारहरुको सूची आयोगले वेवसाइटमार्फत बिहीबार सार्वजनिक गरेको हो ।

प्रदेश सभामा प्रत्यक्षतर्फ ३ सय ३० जना प्रत्यक्ष निर्वाचित पद्धति र २ सय २० जना समानुपातिक पद्धतिबाट गरी कूल ५ सय ५० सांसद निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र दिने कार्यक्रम तय गरेको छ ।

प्रमाणपत्र लिनका लागि समानुपातिक तर्फबाट निर्वाचित प्रदेशसभा सांसदहरुले नागरिकताको प्रमाणपत्र लिएर आयोगमा उपस्थित हुनुपर्नेछ ।

https://drive.google.com/file/d/1Wj_Tu7bETpptQieq0HxRKFJQ6fparKgO/view

Share Now

Leave a comment.