Prakash Adhikari March 29, 2020

 

काठमाडौं, १६ चैत्र । नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले कोरोना (कोभिड–१९) भाइरसको संक्रमण परीक्षण, रोकथाम र उपचारका लागि नेपाललाई चीन सरकार, ज्याक माँ फाउण्डेसन र अलिबाबा फाउण्डेसनबाट प्रदान गरिएका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ।

राजदूत हाउले आइतबार बिहान एक विशेष कार्यक्रम आयोजना गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आइतबार चीनबाट ल्याइएका ती सामानहरु हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ बाट विश्व नै प्रभावित भएको र एउटा जिम्मेवार मुलुकको रुपमा चीनले यो संकटसँग जुध्नका लागि नेपाललाई सहयोग प्रदान गरेको उहाँले बताउनुभयो ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर चीनको ग्वानझाओबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अवतरण गरेको थियो थियो।

https://twitter.com/PRCAmbNepal/status/1244188694036115458

सो जहाजमैं अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक माँले नेपाललाई प्रदान गरेका कोरोना महामारीको आपतकालीन रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु पनि ल्याइएको थियो।

नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीका अनुसार ज्याक माँ फाउण्डेसन र अलिबाबा फाउण्डेसनबाट नेपाललाई प्रदान गरिने सामग्रीमध्ये यो पहिलो खेप आइपुगेको हो।

Share Now

Leave a comment.