Prakash Adhikari March 29, 2020

 

बुटवल(रुपन्देही), १६ चैत्र । बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको आइतबार मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत ३४ वर्षीय ती बिरामीको आइतबार दिउँसो १ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले ती बिरामी चैत १० गते दुबईबाट नेपाल आइपुगेको बताउनुभयो । ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो।

बिरामीको स्वाव परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ। डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरेपनि सुरक्षा अभावमा लैजान सकेको थिएन।

स्वास फेर्न गाह्रो भएपछि परिवारले १३ गते अस्पताल ल्याएको डा. खनालले बताउनुभयो।

बिरामीले अस्पतालमा १० गते आएको बताए पनि छिमेकीले भने चैत ६ गते नै उनी दुबईबाट आएको दाबी गरेका छन्।

Share Now

Leave a comment.