Prakash Adhikari March 29, 2020

काठमाडौं, १६ चैत्र । नेपालमा फसेका अष्ट्रेलियन नागरिकहरुलाई लिएर नेपाल वायुसेवा निगमको जहाज अष्ट्रेलियाको सिड्नी जाने भएको छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिट बडले नेपालमा रहेका अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश लैजान नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गर्न अनुमति मागेपछि नेपाल एअरलाइन्सले सोको प्रबन्ध गर्न लागेको हो ।

अष्ट्रेलियन राजदूत बडले अप्रिल १ बुधबार हुने काठमाडौंबाट सिड्नीको लागि ब्यवसायिक उडान हुने उल्लेख गर्दै नेपालका लागि अष्ट्रेलियाका राजदूत पेटे बुडले ‘चितवन र पोखरामा भएका नागरिकलाई काठमाडौं ल्याउने प्रयास भैरहेको बताउनुभएको छ ।

उहाँले ट्वीटरमार्फत २२० सिट बुक भैसकेको भन्दै बाँकी ५४ सिट सोमबार अर्थात मार्च ३० सम्म सुरक्षित गर्न आग्रह गर्नूभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अष्ट्रेलियन राजदूतावासले नेपाल एयरलाइन्स मार्फत आफ्नो देशका नागरिक फिर्ता लैजाने प्रस्ताव गरेको बताउनुभएको छ।

शनिवारसम्म राजदूत बडले कतारएअरबाट काठमाडौं,दोहा हुँदै सिड्नी लैजाने तयारी भएको सूचना जारी गर्नुभएको थियो ।

तर आइतबार निगमको जहाज चार्टर्ड गर्ने तयारी भयो । राजदूत आफना नागरिकलाई संझाउदै भन्नुभएको छ , यो उडानको भाडा दर पनि तुलनात्मक रुपमा सस्तो छ । इकोनोमिक क्लासको लागि १८ सय डलर र बिजनेस क्लासको लागि २३ सय डलर पर्ने उल्लेख गर्र्दै भन्नुभएको छ, यो अवसर चुकेमा पछि हुने अन्य उडान महंगो पनि पर्न सक्छ ।

उहाँले दूतावासमा रजिष्टर्र्ड ४ सय ७ जना र नेपालमा बसिरहेका १ सय ८७ जना अष्ट्रेलियन नागरिक रहेकोले सीट खाली हुन नपर्ने उल्लेख गर्दै भन्नुभएको छ , नेपालले आफ्ना स्वास्थ्य पूर्वाधार र संरचनाहरु कमजोर भएकोले कोरोना भाइरस संक्रमणको विस्तार रोक्न लकडाउनको कदम चाल्यो, यो उचित छ । कोरोनाको संक्रमण तीव्र फैलेमा नेपाललाई धान्न कठिन हुनेछ । यो लकडाउन १४ अप्रिलसम्म बढन सक्छ । सीट खाली भएका किवी न्यूजिल्याडका नागरिकलाई प्राथमिकता दिइने छ । अझ बाँकी भएमा मेरा सहकर्मीका परिवारसहित मेरी श्रीमती रहनेछिन् ।

राजदूत बडले नेपालमा कोरोना संक्रमण फैलिएमा नेपाल सरकारको पहिलो प्राथमिकता आफ्ना नागरिक हुने भएकोले सकेसम्म स्वदेश फर्कन आफ्ना देशका नागरिकहरुलाई अनुरोध गर्नुभएको छ ।

https://www.facebook.com/australianembassynepal/posts/3512833782076914

राजदूत बडले नेपाल भ्रमणका लागि आएका अष्ट्रेलियनहरुलाई एकत्रित गर्न पर्यटन बोर्ड र पर्यटन व्यवसायी संस्थाहरुले सघाइरहेकोले सोमबार अर्थात ३० मार्चसम्म आफ्नो नाममा राजदूताबासमार्फत वा बोन ट्राभलमार्फत सीट बुकिड. गर्न अनुरोध गर्नुभको छ ।

गत असोजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अष्ट्रेलिया भ्रमणको बेला दुई देशबीच सिधा उडान गर्ने सहमति भएको थियो। जसमा नेपाली एयरलाइन्सहरुले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको थियो।

यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने सम्झौता भएको छ।

तर नियमित उडानको निमित्त रुट परमिट लिने र उडान सुरु गर्ने तयारी नभएकोले निगमको जहाजले रुट परमिट लिएर उडान भर्नुपर्नेछ ।

Share Now

Leave a comment.