Prakash Adhikari April 8, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २६ चैत्र(सीएनएन)। कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन जीवन गुमाउनेहरुको संख्या हालसम्मकै उच्च भएको छ ।

अमेरिकामा मंगलबार एकैदिन १ हजार ९ सय ७० जनाले जीवन गुमाएका छन् । योसहित अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरुको संख्या १२ हजार ८ सय ४१ पुगेको छ ।

अमेरिकाको न्यूयोर्कमा मात्र मंलबार ७ सय ३१ जनाले कोरोनाभाइरसको संक्रमणको कारण जीवन गुमाए । न्यूयोर्कका गभर्नर एन्ड्रयू क्योमोले यसलाई एकैदिन कोरोना संक्रमणबाट जीवन गुमाउनेको सबैभन्दा उच्च संख्या बताउनुभएको छ । यो सहित न्यूयोर्क राज्यमा कोरोनाबाट जीवन गुमाउने बिरामीको संख्या ५ हजार ४ सय ८९ पुगेको छ । त्यहाँ १ लाख ३८ हजार ८ सय ३६ जना कोरोनाको संक्रमणमा परेका छन् ।

अमेरिकामा मंगलबार एकैदिन ३३ हजार ३ सय ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित बिरामी थपिएका छन् । योसहित कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४ लाख ३ सय ३५ पुगेको छ ।

मंगलबार कोरोनाभाइरसको संक्रमणबाट अधिक जीवन गुमाउने बिरामीको संख्या अमेरिका पछि फ्रान्समा उच्च रहयो । फ्रान्समा एकै दिन १ हजार ४ सय १७ जनाले कोरोना भाइरसको कारण मृत्यु बरण गरेको बल्र्डोमिटर डट कमले जनाएको छ । यो सहित फ्रान्समा कोरोनाबाट मर्नेको संख्या १० हजार ३ सय २८ पुगेको छ । त्यहाँ मंगलबार ११ हजार ५९ जनामा नयाँ संक्रण देखियो । हालसम्म यो भाइरसबाट फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित भएका छन्।

मंगलबार कोरोनाबाट जीवन गुमाउनेहरुको संख्या बेलायतमा ७ सय ८६ रह्यो । त्यहाँ हालसम्म यसभाइरसबाट ६ हजार १ सय ५९ जनाले ज्यान गुमाएका छन् । मंगलबार एकैदिन त्यहाँ ३ हजार ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कोरोनाभाइरसबाट प्रभावितहरुको संख्या बेलायतमा ५५ हजार २ सय ४२ पुगेको छ ।

स्पेनमा मंगलबार कोरोना भाइरसको कारण ७ सय ४ जनाले मृत्युवरण गरे । योसहित स्पेनमा कोरोनाभाइरसको प्रकोपबाट जीवन गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ । त्यहाँ मंगलबार एकैदिन ५ हजार २ सय ६७ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन् । स्पेनमा कोरोना संक्रमितहरुको संख्या हाल १ लाख ४१ हजार ९ सय ४२ पुगेको छ ।

कोरोनाको सबैभन्दा ठूलो कहर खपिरहेको इटालीमा मंगलबार यस भाइरसको संक्रमणबाट ६सय ७ जनाले जीवन गुमाए । हालसम्म इटालीमा कोरोनाको संक्रमणबाट जीवन गुमाउनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । त्यहाँ मंगलबार एकैदिन ३ हजार ३९जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।हालसम्म इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ पुगेको छ ।

मंगलबार बेल्जियममा कोरोना भाइरसले ४ सय ३ जनाको जीवन लिएको छ । योसहित कोरोनाभाइरसको संक्रमणबाट बेल्जियममा जीवन गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ । मंगलबार बेल्जियममा १ हजार ३ सय ८०जना नयाँ बिरामी थपिए । त्यहाँ हालसम्म २२ हजार १ सय ९४ जना यो भाइरसको संक्रमणमा परेका छन् ।

नेदरल्याण्ड्समा मंगलबार कोरोनाभाइरसको संक्रमणबाट २ सय ३४ जनाले जीवन गुमाए । योसहित कोरोनाभाइरसको संक्रमणबाट जीवन गुमाउनेको संख्या त्यहा २ हजार १ सय १ जना पुगेको छ । नेदरल्याण्ड्समा मंगलबार ७ सय ७७ जनामा नयाँ संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमणमा त्यहाँ हालसम्म १९ हजार ५ सय ८० जना परेका छन् ।

जर्मनीमा मंगलबार कोरोना भाइरसको संक्रमणबाट २ सय ६ जनाले जीवन गुमाए । हालसम्म कोरोनाको प्रकोपका कारण २ हजार १६ जनाको जीवन गएको छ । त्यहाँ मंगलबार ४ हजार २ सय ८८ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन् । हालसम्म जर्मनीमा यस भाइरसबाट १ लाख ७ हजार ६ सय ६३ जना संक्रमित भएका छन् ।

मंगलबार इरानमा कोरोनाभाइरसको संक्रमणबाट १ सय ३३ जनाको मृत्यु भयो । कोरोनाभाइरसको संक्रमणबाट हालसम्म त्यहाँ ३ हजार ८ सय ७२ जनाले जीवन गुमाएका छन् । मंगलबार त्यहा २ हजार ८९ जना कोरोनाका नयाँ बिरामी थपिए भने कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या त्यहाँ ६२ हजार ८ सय ५९ पुगेको छ ।

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मंगलबार कोरोनाभाइरसको संक्रमणबाट १ सय २२ जनाले जीवन गुमाए । योसहित त्यहाँ कोरोना संक्रमणबाट मृत्युवरण गर्नेको संख्या ६ सय ८६ पुगेको छ । त्यहाँ मंगलबार १ हजार ८ सय ५७ जनामा नयाँ संक्रमण देखिएको छ । योसहित कोरोना संक्रमितको संख्या ब्राजिलमा १४ हजार ३४ पुगेको छ ।

नेपाललाई तीनतिरबाट घेरेको भारतमा मंगलबार एकैदिन कोरोनाभाइरसको संक्रमणबाट २४ जनाले जीवन गुमाए । त्यहाँ हालसम्म कोरोनाबाट जीवन गुमाउनेको संख्या १ सय ६० पुगेको छ । मंगलबार ५ सय ७३ जना कोरोना भाइरसका बिरामी थपिएसंगै यो भाइरसको संक्रमणमा पर्नेहरुको संख्या भारतमा ५ हजार ३ सय ५१ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको प्रमाणित भएको छैन । यस रोगको संक्रमणमा पर्नेहरुको संख्या ९ पुगेको छ । ती मध्ये ८ जना विदेशबाट आएका नेपाली हुन भने एकजना तिनैमध्येका एक संक्रमितबाट संक्रमणमा परेका आफन्त हुन् । ९ जना संक्रमित मध्येका पहिलो संक्रमित उपचारपछि निको भएका छन् ।

विश्वमा हालसम्म कोरोना भाइरसको संक्रमणमा परेर जीवन गुमाउनेहरुको संख्या ८२ हजार ४५ पुगेको छ । यसको संक्रमणमा पर्नेको संख्या १४ लाख ३१ हजार ४ सय ५३ पुगेको छ ।

संक्रमित मध्ये ४७ हजार ८ सय ९१ को अवस्था गम्भीर रहेको छ । ३ लाख २ हजार १ सय ४० जनाले उपचारपछि पुनर्जीवन पाएका छन् ।

Share Now

Leave a comment.