Prakash Adhikari January 20, 2018

काठमाडौं,६ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार
बार्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा आइतबार हुने पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल भएको थियो।

दुवै नेताहरुका बीचमा आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डाका बारेमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

उनले आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा पार्टी एकताका धेरै कुराहरु टुंगिने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बताए ।

वार्ता ‘वान टु वान भएको बताउदै वार्तामा कार्यदलले राष्ट्रियसभा निर्वाचनमा गरेको सिट बाँडफाँट, प्रदेश सरकार गठन, प्रदेश सभाका सभामुख र उपसभामुखको बाँडफाँट लगायतका कुरा समेटिएको जानकारी माओवादी केन्द्रका अध्यक्षले दिएको बताए ।

आइतबार बस्ने एकता संयोजन समिति बैठकमा पार्टी एकताका बारेमा विस्तृत छलफल हुने बताइएको छ।

Share Now

Leave a comment.