काठमाडौं, २८ चैत्र । कोरोनाभाइरसको संक्रमणले ल्याएको महामारीको त्रास अझै मत्थर भएको छैन् । चीनबाट सुरुभएको यो महामारीले यूरोप र अमेरिकामा अकल्पनीय मानवीय क्षति निम्त्याएको छ ।
बिहिबारसम्म विश्वका १६ लाख ३ हजार ७ सय ५१ जना मानिस यस घातक भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ९५ हजार ७ सय ३१ जनाको ज्यान गएको छ भने ३ लाख ५६ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् । संक्रमणमा परेका मध्ये ४५ हजार १ सय २७ जनो स्वास्थ्य अवस्था निकै गम्भीर छ भने ११ लाख २ हजार २ सय ३७ जनाको अवस्था सामान्य रहेको छ ।
बिहिबार एकै दिन ७ हजार २ सय ३५ जनाले जीवन गुमाए भने ८५ हजार २ सय २१ जनामा नयाँ संक्रमण देखियो ।
बिहिबार कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरुको शीर्षमा रहेका देशहरुमा संयुक्त राज्य अमेरिका,फ्रान्स, बेलायत,स्पेन,इटाली,बेल्जियम जर्मनी,नेदरल्याण्ड,ब्राजिल र इरान रहेका छन् । यी देशमा कोरोनाले ल्याएको विपत्तिको चित्र विहिबार यस्तो देखियो :
देश नयाँ मृत्यु कुल मृत्यु नयाँ संक्रमण कुल संक्रमण
संयुक्त राज्य अमेरिका १,९०० १६,६९१ ३३,५३६ ४,६८,५६६
फ्रान्स १,३४१ १२,२१० ४,७९९ १,१७,७४९
बेलायत ८८१ ७,९७८ ४,३४४ ६५,०७७
स्पेन ६५५ १५,४४७ ५,००२ १,५३,२२२
इटाली ६१० १८,२७९ ४,२०२ १,४३,६२६
बेल्जियम २८३ २,५२३ १,५८० २४,९८३
जर्मनी २५८ २,६०७ ४,९३९ १,१८,२३५
नेदरल्याण्ड्स १४८ २,३९६ १,२१३ २१,७६२
बाजिल १३४ ९५४ १,९५७ १८,१४५
इरान ११७ ४,११० १,६३४ ६६,२२०
चीन २ ३,३३५ ६३ ८१,८६५
भारत ४९ २२७ ८०९ ६,७२५