Prakash Adhikari April 26, 2020

 

काठमाडौं, १४ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा परेर प्रवासमा ४९ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ३३ नेपालीले ज्यान गुमाएका छन्।

कोरोनाका कारण अमेरिकामा ८, युएईमा २ जना नेपालीले ज्यान गुमाएका छन् । टर्की, आयरल्यान्ड, नेदरल्याण्ड्स र जापानमा एक—एक नेपालीको मृत्यु भएको छ। यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहानसम्मको हो।

विदेशस्थित अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले यो तथ्यांक संकलन गरेको हो।

समितिको तथ्यांकअनुसार विदेशमा रहेकामध्ये कूल १ हजार ९ सय ७४ नेपाली कोरोनाबाट संक्रमित छन्। । संक्रमित हुनेमा विदेशस्थित अस्पतालमा कार्यरत ७० भन्दा बढी नेपाली चिकित्सक पनि छन्।

कोरोनाबाट सबैभन्दा बढी नेपाली अमेरिकामा संक्रमित भएका छन्। ‘त्यहाँ एक हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्’, समितिले भनेको छ, ‘दोस्रो धेरै नेपाली संक्रमित हुने देशमा बेलायत रहेको छ।’ बेलायतमा ७ सय भन्दा बढी नेपाली संक्रमित छन्।

समितिका अनुसार विदेशमा संक्रमणमा परेका ४ सय ३४ नेपाली उपचारपछि निको भएका छन्।

‘विश्वभरी छरिएका नेपालीमध्ये २४ देशमा रहेकाहरुमा कोरोना संक्रमण देखिएको छ।

एनआरएनए महासचिव डा.हेमराज शर्माले संस्थाका सदस्य र अन्य नेपालीलाई परेको कोरोना संक्रमण र त्यसले सिर्जना गरेका असरहरुको बारेमा अध्ययन र अनुसन्धान भइरहेको छ।

कोरोनाको संक्रमणको विश्वव्यापी महामारी पछि संघले ४१ देशमा रहेका शाखामार्फत ९ सय स्वयसेवक परिचालन गरेको छ।

त्यसबाट विश्वभरका करिब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष—अप्रत्यक्ष रुपमा राहत पाएका छन्।

Share Now

Leave a comment.