काठमाडौं, ७ माघ(रासस) । युवा महिलालाई उद्यमी बनाउने उद्देश्यले राजधानीमा आयोजना गरिएको चौथो युवा महिला उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ ।
सम्पर्क, सहकार्य, सिर्जना अर्थात ‘कनेक्ट कोलाबोरेट, क्रिएट’ भन्ने नाराका साथ आरम्भ भएको सम्मेलनमा विभिन्न व्यवसायमा आबद्ध तथा बिद्यार्थी गरि १ सय ७० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । कार्यक्रमलाई लक्ष्मी बैंकले प्रयोजन गरेको थियो ।
सन २०१३ देखि हुदै आएको युवा महिला उद्यम सीम्मेलन यस वर्ष अझ सशक्त भएको र युवा उद्यमी मञ्चको काठमाडौ च्याप्टरबाटबाट मात्र २० जना महिला सहभागी हुनुले हरेक वर्ष महिला उद्यमीहरुको संख्या बढ्दै गएको सन्देश दिएको महिला उद्यमशीलता सम्मेलनकी अध्यक्ष जुना माथेमाले बताइन् ।
अघिल्लो वर्ष भन्दा यस बर्ष सहभागिता संख्या बढेको भन्दै अध्यक्ष माथेमाले महिलाहरुमा आफुले केही गर्नुपर्छ भन्ने भावना बृद्धि भएको बताइन् ।
सहभागीहरुलाई काठमाडौ च्याप्टरकी कार्याकारी सदस्य प्रसन्ना वस्नेतले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा मुख्य वक्ता रहेकी सगरमाथा आरोही शैली बस्नेतले सामूहिक र निरन्तरको प्रयासले महिलालाई सफलताको शिखरमा पुर्याउने बताइन् । उनी पहिलो नेपाली समावेशी महिला सगरमाथा आरोही दलकी एक सदस्य हुन् ।
उनले आफ्नो समूहका सबै महिलाहरु सामूहिक प्रयास, एकर्काप्रतिको सहयोग र विश्वासका कारण सगरमाथाको शिखरमा पुग्न सफल भएको र समावेशी नेपाली महिला समूहले विश्वका सबै महाद्धीपका अग्ला शिखर आरोहण गर्ने सफलता पाएको बताइन ।
उनले अगाडि बढन चाहने हरेकले आफ्ना पाइला निरन्तर सार्नुपर्ने जीवनको सिकाई उल्लेख गर्र्दै भनिन, ‘जीवनमा असंभव भन्ने कुरा हुँदैन त्यसका लागि निरन्तर समर्पित हुनै पर्दछ, पाइला रोक्न हुँदैन बरु आधा पाइला सार्नुस तर नरोकिनोस ।’ उनले हिमाल आरोहणमा पनि यही मन्त्रले काम गरेको बताउदै भनिन,’आरोहणको समयमा सबैले प्रशिक्षकले भनेको पाइला सार्ने मन्त्र संझन्छन तर शिखर चुमेपछि फर्कदा उही दरमा हिड्दैनन, थकाई मार्ने,पाइला रोक्ने र हेलचक्रयाई गर्दा धेरैले जीवन गुमाउछन । सबै काम चुनौतिपूण हुन्छन र तीनको लागि निरन्तर प्रयास गरिरहनै पर्दछ ।’
कार्यक्रममा सेवा पाठक (भायनेट), अनिशा शाक्य मुस्कान, प्राथना शाखा (हेल्मेट नेपाल) लगायत उद्यमीले आफ्नो उद्यमशीलता यात्राका बारेमा जानकारी गराए ।
हौसला थापाले मध्यस्थता गरेको प्यानल डिस्कसनमा काजी स्टुडियोकी कृति शाक्य, महिला लिड नेपालमा क्लेयर नेल्लर र हाइड्रो सोलुसनकी निभिता प्रधानले नेपालमा महिला उद्यमशीलताको लागि आवश्यक वातावरण, संभावना र चुनौतिका बारेमा प्रकाश पारेका थिए ।