Prakash Adhikari May 11, 2020

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय ३ ४ पुगेको छ।

सोमवार एकै दिन २४ जना कोरोना भाइरसका बिरामी थपिए पछि यो संक्रमितको संख्या बढ्न गएको हो । सोमबार बिहान १० जना र दिउसो एक जना विरामी भेटिएको पुष्टि भएको थियो भने साँझ थप १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

सोमवार बिहान भेटिएका सबै १० जना कोरोना भाइरस सङ्क्रमित कपिलवस्तुका थिए।

त्यसपछि दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पाइएको थियो।

साँझ थपिएका १३ जनामा ६ जना कपिलवस्तुका, ६ जना रुपन्देही र १ जना बर्दियाका रहेका छन् ।

एकैदिनमा यतिधेरै सङ्क्रमित पाइएको यो पहिलोपटक हो।

खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

विगत २४ घण्टामा मात्रै करिब २ हजार ८ सय नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वीस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोग स्वरुप दिएसँगै परीक्षणले तीब्रता पाएको छ।

Share Now

Leave a comment.