जेनेभा(स्वीजरल्याण्ड), १ जेठ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संसारबाट ‘कहिले पनि नहराउन सक्ने’ चेतावनी दिएको छ ।
डब्ल्यूएचओका आपत्कालीनमामिला निर्देशक डा. माइक राएनले बुधबार कोरोनाभाइरस कहिले हराएर जाला भन्ने विषयमा हचुवाकोभरमा कुनै पनि अनुमान गर्न नहुने बताउनुभएको हो ।
उहाँले खोप बनेपछि पनि कोरोनाभाइरसलाई नियन्त्रण गर्न ‘निकै ठूलो प्रयत्न’ आवश्यक पर्ने बताउनुभयो।
डा. राएनले इन्टरनेट मार्फत गरीएको एक ‘भर्चुअल प्रेस सम्मेलन’ मा भन्नुभयो, ‘यो कुरा थाहा हुनु जरुरी छस् कोरोनाभाइरस हाम्रो समुदायहरूमा सँधै नै रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ।’
मानसिक समस्या बढ्यो
संयुक्त राष्ट्रसङ्घले कोरोनाभाइरस महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ।
बिहीवार प्रकाशित एउटा प्रतिवेदनमा राष्ट्रसङ्घले सबै देशलाई कोरोनाभाइरस महामारीविरुद्धको योजनामा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगलाई पनि समेट्न आग्रह गरेको छ।