दिपायल(डोटी), २ जेठ । सुदूरपश्चिम प्रदेशको भाग्य निर्माता मानिएको ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै दिपायलकोे सेती पुलमा दिउँसै मैनबबत्ती बालेर दबाब दिइएको छ ।
पश्चिम सेती जलविद्युत आयोजना लगायत पूर्वाधार र आर्थिक सामाजिक विकासका संरचना निर्माणका साथै सामाजिक सुधारको अभियान चलाइरहेको ‘बोलन्या थली’ धनगढीले दिउँसै टुकी बालेर सरकारको ध्यान आकृष्ट गरेको हो।
डोटीको दिपायलस्थित सेती पुलमा बिहीबार दिउँसो ७ सय ५० मैनबत्ती बालेर आगामी बजेटमा पश्चिम सेती जलविद्युत आयोजनालाई निर्माणको चरणमा पुर्याउने कार्यक्रम ल्याउन दबाब सदन दिउँसै मैनवत्ती बालिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताउनुभएको छ।
आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौँलारु रिभर्स माइग्रेसनको व्यवस्थापन गरौँ१ नारासहितका व्यानर र प्लेकार्ड पनि दबाब समूहले सेती पुलमा लगाइएको थियो।
विकास आयोजना निर्माणको दबाबमूलक कार्यक्रममा डोटीका राजनीतिक दल, उद्योग व्यवसायी, विद्यार्थी संगठन, नागरिक समाजलगायतले ऐक्यबद्धता जनाएका थिए।
आश्वासन अति भो, धैर्य गर्ने कति हो ?, आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ?, हिजो आशा म¥यो, आज जवानी मर्दै छ, भोलि सपना मर्ने छ !!!लगायत नारासहित बोलन्या थलीले यसअघि कचौरा लिएर काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो।
अष्ट्रेलियाको स्नोइ माउण्टेयरिड.इलेक्ट्रिकल कम्पनी, एशियाली विकास बैंक, चाइजिनथलीले सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेर पश्चिम सेतीका लागि आवाज उठाउन आग्रह गरेको थियो।
यो आयोजना निर्माणको लागि सरकारले अष्ट्रेलियाको स्नोई माउण्टेयरिड.इलेक्ट्किल इञ्जिनियरिड. कम्पनील जुन २७ , १९९७ मा लाइसेन्स लिएको थियो । यसको विस्तृत परियोजना तयार पारी एशियाली विकास बैंक र चीनको चाइना नेशनल मेसिनरी एण्ड इलेक्ट्रिकल इम्पोर्ट एक्सपोर्ट कर्पोरेशन(सीएमईसी)को समेत लगानीमा निर्माणको चरणमा पुर्याउन लागेको थिया ।
निर्माणको निर्णय लिनु पहिले परियोजना स्थलको अवलोकनको लागि एशियाली विकास बैंकको उच्चस्तरीय टोली डोटीमा रहेको बेलामा जनयुद्धमा रहेको तात्कालीन नेकपा माओवादीका कार्यकर्ताले यसका सूचना कार्यालय लगायतका स्थानीय कार्यालयहरुमा आक्रमण गरी ध्वस्त बनाएपछि सुरक्षाको प्रत्याभूति नभएको र लगानी मैत्री वातावरण तयार नभएको भन्दै एशियाली विकास बैंकले आयोजनाबाट हात झिक्ने गरेको थियो ।
स्मेकले अझै नयाँ लगानीकर्ता ल्याउने प्रतिबद्धता जनाउदै निर्माण इजाजतको समयावधि बढाउन २४ डिसेम्बर २०१० सरकारसमक्ष निवेदन दिएको थियो तर सरकारले समयावधि बढाएन । यसको अध्ययन र विस्तृत प्रतिवेदन तयारी र प्रशासनिक कार्यमा स्मकले झण्डै ३१ मिलियन डलर खर्च गरिसकेको छ ।
स्मेकको हातबाट फुत्केको यो आयोजनाको लाइसेन्स चिनको थ्री गर्जेज कम्पनीले २०१२ मा प्रत्यक्ष वार्ताको माध्यमबाट लिएको थियो । तर आयोजना निर्माणको चरणमा पुग्नु पहिले आयोजनाको लगानीको प्रतिफल दर बढाउन अन्य उपायको माग, सो आयोजना निर्माणपूर्व गर्नुपर्ने १.८ अर्ब डलर बराबरको पुनर्वासको खर्च र आयोजनाको क्षमता घटाएर ६ सय २० मेगावाट बनाउने जस्ता प्रस्तावमा नेपालको लगानी बोर्ड र थ्री गर्जेजका अध्यक्ष झाओ जियाड.क्वीनसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीचमा ३० अगण्ट २०१८ मा भएको वार्ता सहमतिमा पुग्न नसकेपछि यो आयोजनाबाट थ्री गर्जेजले पनि हात झिकेको थियो ।
यो आयोजना निर्माणको लागि अहिले जापानको कान्साई कम्पनीले दिएको इच्छापत्रमा लगानी बोर्डले सहमति जनाएको छ । जापानी कम्पनी भारतीय लगानीकर्ताहरुलाई पनि मिलाएर यो आयोजना निर्माण गर्ने तयारीमा छ । तर हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले यो आयोजनालाई पनि थप अन्यौलग्रस्त बनाएको छ ।


















