Prakash Adhikari January 22, 2018

लण्डन(संयुक्त अधिराज्य),७ माघ । ग्लोबल आइएमई बैंकको बेलायत सम्पर्क कार्यालय उद्घाटन भएको छ ।   आइतबार अल्डरसटमा आयोजित एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले कार्यालय उद्घाटन गरेका हुन् ।

गत नोभेम्बर महिनादेखि अण्डरशटमा सञ्चालनमा आएको उक्त कार्यालयको उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, रश्मोर बरोकी मेयर सोफिया चौधरी, एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, बैंकका सइओ जनक शर्मा पौडेल, प्रमोटर शेयर होल्डरहरु कमल पौडेल लगायतका व्यक्तिहरु उपस्थित थिए ।

११ वर्षदेखि निरन्तर सेवा दिँदै आएको ग्लोबल आइएमई बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ।

यसले स्वदेश र विदेश गरी १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय खोलेको हो ।

यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदै आएको छ।

बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो।

करिब ८ लाख ग्राहकलाई सेवा पुर्याइरहेको ग्लोबल बैंकमा करिब १ हजार ४ सय कर्मचारी कार्यरत छन्।

Share Now

Leave a comment.