Prakash Adhikari June 5, 2020

काठमाडौं, २३ जेठ(बीबीसी) । नेपालमा थप २ सय ७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ।

तीमध्ये ३ सय ३३ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको छ।

अहिले पुष्टि भएका सङ्क्रमितमा प्रदेश नं २ र ५ का बासिन्दाको सङ्ख्या सर्वाधिक छ।

फेरि मरणोपरान्त सङ्क्रमण पुष्टि

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको छ।

यससँगै नेपालमा कोभिड १९ सँग सम्बन्धित मृत्युको सङ्ख्या ११ पुगेको हो।

जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारेन्टाइनमा बसेका ती व्यक्तिको बिहीबार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको बताइएको छ।

आरडीटी परीक्षणमा सङ्क्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टाइनबाट घर गएको डा. देवकोटाले बताउनुभयो।

अरू तथ्याङ्क

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार २ सय ३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

क्वारन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ।

केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए।

नेपालमा कोरोनाभाइरस

दैनिक पुष्टि भएको सङ्ख्या

स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन्।

गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ।

बिहीवार पनि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जना र सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै अन्य आठ जनामा कोभिड १९ पुष्टि भएको थियो।

बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


जेठ २३, शुक्रवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • २,९१२ कुल सङ्क्रमण
  • ६८ प्रभावित जिल्ला
  • पीसीआर विधिबाट कुल परीक्षण  ८८,३६६
  • चिकित्सकीय निगरानीमा अलग्गै २,५६८
  • देशभरि क्वारेन्टाइमा १,६६,७६५
  • अहिलेसम्म निको ३३३
  • स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले सुदूरपश्चिम प्रदेशमा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा छन् भने प्रदेश नं ५ मा ४० हजार १ सय ४६ जना, कर्णाली प्रदेशमा ३१ हजार ९ सय ५२ जना र प्रदेश नं २ मा २१ हजार ३ सय ६३ जना छन्।

तीमध्ये अधिकांश व्यक्ति भारतबाट फर्किएको बताइएको छ।

 

कहाँ कति सङ्क्रमित फेला परे?

जिल्ला पुष्टि भएको सङ्ख्या
दैलेख ९०
कपिलवस्तु ४४
सुनसरी २१
रूपन्देही १८
रामेछाप १८
महोत्तरी १७
झापा १२
मोरङ
रौतहट
भोजपुर
काभ्रे
डडेल्धुरा
धनुषा
कैलाली
बारा
जुम्ला
सिन्धुली
तनहुँ
नवलपरासी
दोलखा
गोरखा
कास्की
अर्घाखाँची
गुल्मी
पाल्पा
सुर्खेत
दाङ
अछाम
बझाङ
हुम्ला
कुल २७८

(जेठ २३ गते शुक्रवार अपराह्णसम्मको विवरण)

स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
Share Now

Leave a comment.