Prakash Adhikari June 7, 2020

काठमाडौं, २५ जेठ । बितेको २४ घण्टामा नेपालमा थप २ सय १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना भाइरसको संक्रमणमा पर्ने नेपालीहरुको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आइतबार दिनुभएको जानकारी अनुसार वितेको २४ घण्टामा थप २ सय ९ जना पु्रुष र ४ जना महिलामा नयाँ संक्रमण देखिएको हो ।

मन्त्रालय

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ३ सय ३४ जनामा र शुक्रवार २ सय ७८ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो।

शनिवार ३ सय २३ जनामा सङ्क्रमण पाइएको थियो।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण

१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सङ्क्रमित कहाँ कहाँ?

हालसम्म सबभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएको छ। त्यहाँ १ हजार १ सय ६१ सङ्क्रमित पाइएको छ।

त्यसपछि प्रदेश ५ मा १ हजार ८१ जनामा सङ्क्रमण पाइएको छ।

कर्णाली प्रदेशमा ६ सय ३३ जना सङ्क्रमित पाइएका छन् भने प्रदेश १ मा २ सय ५९, वाग्मती प्रदेशमा ९२, गण्डकी प्रदेशमा १ सय ११ र सुदुरपश्चिम प्रदेशमा १ सय ११ जनामा सङ्क्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

coronavirus test
नेपालमा कोरोनाभाइरस सङ्क्रमण


जेठ २४ गते शनिवार अपराह्ण ४ः३० बजेसम्मको तथ्याङ्क

  • ३,४४८ कुल सङ्क्रमण
  • ७१ प्रभावित जिल्ला
  • पीसीआर विधिबाट कुल परीक्षण ९६,२०५
  • चिकित्सकीय निगरानीमा अलग्गै २,९६८
  • देशभरि क्वारन्टाइनमा १,७०,७३२
  • अहिलेसम्म निको ४६७

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय


सक्रिय सङ्क्रमितको सङ्ख्या कहाँ कति ?

हालसम्म कुल सङ्क्रमित ३ हजार ४ सय ४८ भएपनि निको भएका ४ सय ६७ र ज्यान गुमाएका १३ जना घटाउँदा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ६८ हुन आउँछ।

सक्रिय सङ्क्रमितहरू सबभन्दा धेरै प्रदेश २ मा ९ सय ७४ जना रहेका छन्।

दोस्रो सर्वाधिक सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश ५ मा ९ सय ४४ जना रहेका छन्।

त्यस्तै कर्णाली प्रदेशमा ६ सय २१ जना, प्रदेश १ मा १ सय ६८ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, सुदुरपश्चिम प्रदेशमा ९६ जना तथा वाग्मती प्रदेशमा ५७ जना रहेका छन्।

कति भए परीक्षण ?
हालसम्म पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि ९६ हजार २ सय ५ परीक्षण भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिनुभएको छ।

स्वाब परीक्षण
गत २४ घण्टामा मात्र ३ हजार ७ सय २८ परीक्षण गरिएको बताइएको छ।

अहिले देशभरि १ लाख ७० हजार ७ सय ३२ भन्दाबढी व्यक्ति क्वारन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक (६३,००० भन्दा बढी) र त्यसपछि क्रमशस् प्रदेश नं ५ (झन्डै ४०,०००), कर्णाली प्रदेश (३२,००० भन्दा बढी) र प्रदेश नं २ (२२,००० भन्दा बढी)मा मानिसहरूलाई नयाँ ठाउँबाट आएकोले संक्रमणको आशंकामा क्वारन्टाइनमा राखिएको छ।

रोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड १९ बाट प्रभावित जिल्लाको सङ्ख्या ७१ पुगेको छ।

Share Now

Leave a comment.