काठमाडौं, ३० जेठ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणको नाममा सरकारी संयन्त्रमार्फत भएको सुनियोजित भ्रष्टाचार, बद्मासी तथा सरकारी अकर्मण्यताविरुद्ध राजधानीबाट सुरुभएको जन आक्रोश देशव्यापी बन्न थालेको छ ।
बिहिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बृहत् प्रदर्शन गरी सुरु भएको जनआक्रोश शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर , कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा विस्तार भयो।
त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, गोरखा, दमौली, तानसेन, तुलसीपुर, हेटौंडा लगायतका शहरका युवाहरु पनि स्वःस्फूर्त रुपमा कोरोनाको नाममा भएको भ्रष्टाचार र अनियमितताबिरुद्ध प्लेकार्ड बोकेर सडकमा निस्किएका छन्।
.jpg)
देशमा कोरोना संक्रमण रोक्नको लागि चैत्र ११ देखि लकडाउन लगाए पनि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको, विश्वसनीयता नरहेको पुष्टि भएपनि आरडीटी परीक्षण कायम रहेकोले सोलाई रोकेर पीसीआरको दायर बढाउनुपर्ने, क्वारेन्टाइनस्थलमा सरकारले बनाएको मापदण्ड न्यूनतम् पूरा गरिनु पर्ने, आवश्यकतामा परेकालाई राहत दिनुपर्ने र विदेशमा अलपत्र परेकाहरुको उद्धार गरिनु पर्ने जस्ता मागहरु प्रर्दशनकारीले उठाएका छन्।
.jpg)
सरकारले भने लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सय रुपैया जरिवाना गर्नेदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ।
विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धारको नाममा पनि करोडौ रुपैया लुटन लागिएको कुरा सार्वजनिक भएको र स्थानीय सरकारहरुलाई कोरोना नियन्त्रणको लागि संघीय सरकारबाट सहयोग नगरिएको यथार्थ बाहिर आउन थालेकोले सरकारविरुद्धको जनआक्रोश देशव्यापी हुने खतरा बढ्दै गएको छ ।
.jpg)


















