काठमाडौं, २३ आषाढ । नेपाल एसबिआई बैंकले २७औं बार्षिकोत्सवको अवसरमा आफ्नो कर्पोरेट भवनको शिलान्यास गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण पनि गरेको छ ।
नेपाल एसबिआई बैंकले आयोजना गरेको पशुपति क्षेत्र प्रवेशको कलात्मक दक्षिणद्धार हस्तान्तरण समारोहको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको थियो ।
उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमर थापाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, पशुपति क्षेत्र विकास कोष तथा बैंकका संचालक समितिका सदस्यहरु लगायत अन्य पदाधिकारीहरुको उपस्थिती थियो ।

सोही अवसरमा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटीएम काउण्टरको पनि उद्घाटन गर्नुभएको थियो ।
बैंकको २७औं बार्षिकोत्सवको अवसरमा नेपाल एसबिआई बैंकले कमलादीमा आफ्नो कर्पोरेट भवनको शिलान्यास पनि गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरद्वारा भएको बैंकको कर्पोरेट कार्यालयको शिलान्यास उक्त कार्यक्रममा सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु बालकृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, बिमला सुवेदी, प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिज्वान आलम, प्रमुख व्यवसाय विस्तार अधिकृत छविराज पन्त, प्रमुख कर्जा अधिकृत देवराज अधिकारी तथा बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



















