काठमाडौं, २८ आषाढ। नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सह -श्रीमान’ (को-हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ ।
आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट यो फिल्म छनौट भएको हो ।
नेपालको हिमाली भेगमा प्रचलित बहुपति प्रथामा आधारित ३५ मिनेटको फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।
घरमा जति दाजुभाई छन् । एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषय फिल्ममा उतारिएको छ ।
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको फिल्ममा ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाको छायाँकन रहेको छ ।
गणेश पाण्डेको निर्देशन रहेको फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो ।


















