Prakash Adhikari July 12, 2020

मुम्बई(भारत),२८ आषाढ(बीबीसी) । भारतीय चलचित्र जगतका महानायक अमिताभ बच्चन र उहाँका सुपुत्र अभिषेक बच्चनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भोलिपल्ट अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन तथा उनीहरुकी एकमात्र छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

म्युनिसिपल कर्पोरेशन अफ ग्रेटर मुम्बईका वेस्ट वार्डका असिस्टेंट म्युनिसिपल कमिश्नर विश्वास मोटेले ऐश्वर्या राय बच्च र उहाँकी सुपुत्री आराध्यामा कोरोना भाइरस संक्रमण भएको बताउनुभएको छ ।

महाराष्ट्र के स्वास्थ्य मंत्री राजेश टोपे ने पहले ट्वीट करके यसको जानकारी दिनुभएको थियो तर पछि उहाँले ट्वीट हटाउनुभएको थियो ।

शनिवार भारतीय चलचित्र जगतका महानायक अमिताभ बच्चन र उहाँका सुपुत्र अभिषेक बच्चनमा कोरोना संक्रमण थियो । उहाँहरु दुवैलाई मुंबईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

Share Now

Leave a comment.