Prakash Adhikari August 2, 2020

काठमाडौं, १८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ।

प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान ९ : ५५ बजेदेखि अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको थियो ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागिता रहेको बताइएको छ ।

आजको बैठकमा स्थायी समितिको बैठकमा सदस्यहरुले राखेका मत अनुसार कुनै सहमति हुन सकेको छैन । तर छलफललाई निरन्तर राख्ने विषयमा भने दुवै अध्यक्ष सहमत हुनुभएको छ ।

असार १० गतेदेखि आरम्भ भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकको दोस्रो दिनदेखि बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि मुर्मुरिनुभएका नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीले आषाढ १४ गते तात्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई भारतले हटाउन चाहेको र आफ्नो राजिनामा माग्ने नेताहरु उनैको एजेण्टको रुपमा काम गरिरहेको आरोप लगाएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो।

आफूभन्दा बरिष्ठ र सहकर्मी नेताहरुलाई विदेशी दलाल करार गर्नुभएका प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक जारी रहेकै बेलामा पार्टीका कार्यकारी अध्यक्ष, संघीय ंससदको प्रतिनिधिसभाका सभामुख,राष्ट्रिय सभााका अध्यक्ष र स्थायी समितिसमक्ष पनि कुनै जानकारी नै नदिइकन आफ्नो निवासको बेठककक्षमा क्याबिनेट मिटिड. गरेर संघीय संसदको बजेट अधिवेशन सोही दिनदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारीस गरेपछि यो विवाद झन नयाँ रुपमा विकसित भयो ।


्त्यसपछि दुवै अध्यक्षहरुबीच सहमति कायम गरी बैठक सञ्चालन गर्ने भनिए पनि अध्यक्षहरुबीचमा सहमति नभएकोले आजसम्म बैठक सुचारु हुन सकेको छैन् । गत साउन १३ गते सहमति नभए पनि लोकतान्त्रिक पद्धति अनुरुप बैठक सञ्चालन गरी बहुमतले निर्णय गर्ने कटिबद्धतासहित नेताहरु बालुवाटारतर्फ माडिदै गर्दा प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीले एकल निर्णयका आधारमा बैठक स्थगित भएको सूचना सार्वजनिक गर्नुभयो । त्यसपछि अध्यक्षद्धयबीच छलफलबाट टुंगो नलागेपछि प्रधानमन्त्री ओलीलाई पार्टीको शक्ति देखाउन उहाँको अनुपस्थितिमा स्थायी समितिको बहुमत सदस्यहरुको बैठक बस्यो र उहाँका गैर प्रजातान्त्रिक कदमविरुद्ध प्रस्ताव पारित समेत गरेको थियो ।

सो बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीसंग छलफल गरी उहाँलाई सहमतिमा ल्याएर स्थायी समितिको बैठक सुचारु गर्ने जिम्मा पार्टीका कार्यकारी अध्यक्ष प्रच(ढलाई सुम्पे मुताविक आज दुई अध्यक्षबीच छलफल भएको हो ।

Share Now

Leave a comment.