Prakash Adhikari August 8, 2020

काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने नेपालका विभिन्न जिल्लामा थप ३ सय ७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँग कोभिड १९ पुष्टि भएका व्यक्तिहरूको कुल सङ्ख्या २२ हजार ५ सय ९२ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा मृत्यु पुष्टि भएका ३ सहित अहिलेसम्म कोभिड१९ सँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७३ पुगेको छ ।

कोरोनाभाइरस
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये ६ हजार २ सय ६ जनामा सक्रिय सङ्क्रमण छ भने १६ हजार ३ सय १३ जना भाइरसमुक्त भएका छन्।

बिहीवार र शुक्रवार मन्त्रालयले ५ /५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मृतक कहाँका ?

अहिले मृत्यु पुष्टि भएका व्यक्तिहरू पर्सा, मोरङ र काठमाडौंका हुन्।

उनीहरूमध्ये एक महिला र दुई पुरुष छन्। उनीहरूको साउन २३ गते अस्पतालमा निधन भएको हो।

मन्त्रालयका अनुसार वीरगन्जका ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना भएका थिए।
उनमा मधुमेह र दमको समस्या थियो। मरणोपरान्त गरिएको परीक्षणमा उनमा कोभिड १९ पुष्टि भएको हो।

विराटनगरका ५८ वर्षीय व्यक्ति निमोनिया, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि सप्तकोशी अस्पतालमा भर्ना भएका थिए। अवस्था बिग्रिएपछि उनलाई कोशी अस्पताल लगिएको थियो। आइसोलेशनमा राखेर उपचार गर्ने क्रममा सङ्कलित नमुनाको मरणोपरान्त परीक्षण गर्दा उनमा कोभिड पुष्टि भयो।

पाठेघरको क्यान्सर र निमोनियाबाट पीडित टोखाकी ४१ वर्षीया महिलाको पाटन अस्पतालमा आईसीयूमा मृत्यु भयो। उनलाई साउन १८ गते कोभिड पुष्टि भएको थियो।

यसरी बढिरहेको छ सङ्क्रमण

यसरी बढिरहेको छ सङ्क्रमण

को हुन् सङ्क्रमित ?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

मन्त्रालयका अनुसार अहिले काठमाौं उपत्यकाका तीन जिल्लामा विगत २४ घण्टामा कुल ६२ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।
तीमध्ये काठमाण्डूका ५६ जना तथा ललितपुर र भक्तपुरका ३। ३ जना छन्।

त्यसैगरी पर्सामा ५५ जना, बाँकेमा ४९, मोरङमा ४८ र सर्लाहीमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

अहिले प्रदेश नं २ मा २ हजार ९ सय २९ जना र वाग्मतीमा १ हजार २९ जनामा सक्रिय सङ्क्रमण छ।

मन्त्रालयका अनुसार अहिले पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी छ।

परीक्षणको अवस्था

विगत २४ घण्टामा ७ हजार ७ सय ८८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. कहाँ कति जना सङ्क्रमित छन् र कति जना निको भए?. शनिवार अपराह्णसम्मको विवरण.

सो अवधिमा ४ सय ९९ जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारन्टीनमा १० हजार ७ सय ९२ जना छन्।

अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।

Share Now

Leave a comment.