गोंगबु हत्याकाण्ड हत्या काण्डकी संदिग्ध कल्पना शाही चितवनबाट पक्राउ ; ५० लाखको लिनदेन विवाद मूल कारण
काठमाडौं, २६ साउन । आइतबार काठमाडौंको गोंगबुमा टाउको र धड अलग अलग गरिएको अवस्थामा भेटिएका दाड.का कृष्णबहादुर बोहोराको हत्यामा हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले कल्पना शाहीलाई चितवनबाट पक्राउ गरेको छ।
चितवनको टाडीमा पक्राउ परेकी बोहोराको हत्या गरिएको घरमा बस्दै आएकी कल्पना शाहीले आफ्नो अपराध कबुल गरेकी बताइएको छ ।
यस हत्याकाण्डको अनुसन्धानमा जुटेको प्रहरी अधिकृतहरुले शनिबार राति नै बोहोराको हत्यापछि शवलाई सुटकेश र झोलामा लगेर सडकमा फ्याकेर शाही चितवन हानिएको बताएका छन् ।
हत्या गरिएका कृष्णबहादुर पछिल्लो ९ महिनादेखि गौंगबूको मित्रनगरमा रहेको एक गेस्ट हाउसमा बसेको र उनले गत शनिवारमात्रै लामो प्रयासपछि ५० लाख रुपिया लिन पर्ने एकजना भेटिएको आफन्तलाई बताएको खुलेको छ ।
शनिवार गेष्ट हाउसबाट निस्कदा बोहोराले आफूलाई खानपानका लागि बोलाइएको र केहि दिन अन्तै काममा अलमलिन पर्ने पनि हुनसक्ने बताएको बुझिएको छ ।
प्रहरीले होटलबाट बोहोराको नागरिकता, एटीएम कार्ड लगायत पनि बरामद गरेको छ ।
यसरी सार्वजनिक भएको थियो घट्ना
गोंगबुबाट गणेशमन्दिर क्षेत्रको नवज्योति मार्गमा आइतबार एकाबिहानै एक व्यक्तिले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश देखे ।उनले शंका लागेर तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरु कहाँ पुग्यो ।
त्यसपछि घट्नाको अनुसन्धानमा ज्ञवाली र थापा आफैं घटनास्थलमा पुगे । फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोलीलाई पनि मगाइयो । सबै टोली पुगेपछि खोल्दा सुटकेशमा टाउको र खुट्टाविनाको शव भेटियो । सुटकेश सुंघाएर छोडिएको कुकुर करिब ३ सय मिटर पर जेब्रा झोला नजिक गएर रोकियो । ०७४ सालमा बेलारुसबाट खरिद गरेर ल्याएको जोजो नामको कुकुर अपराधी पत्ता लगाउन अब्बल मानिन्छ ।
गर्धनमा धारिलो हतियार प्रयोग गरी मार हाने जसरी छिनाएको यो घट्ना १२ घण्टाभित्र भएको फरेन्सिक विज्ञको प्रारम्भिक निश्कर्षपछि प्रहरीले लाशको सनाखत गराउन स्थानीयसंग सहयोग माग्यो तर उनलाई कसैले पहिचान गर्न सकेन ।
त्यसपछि प्रहरीले मृतकको पहिचानको लागि उनको टाउकोतिरको भागको तस्वीर आफ्नो नेटवर्कमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि मृतकको पहिचान खुलेको थियो ।
उनको पहिचान खुलेसंग उनको मोबाइल नम्बर पत्ता लागेको र त्यसका आधारमा उनीसंग अधिक सम्पर्कमा रहेकी कल्पना शाहीको नम्बर पत्ता लाग्नुको साथै घट्नास्थलका बारेमा धेरै जानकारी प्राप्त भएको थियो । उनलाई शव भेटिएभन्दा ५० मिटर टाढा रहेको घरमा हत्या गरी सुटकेश र जेब्रा झोलामा पोको पारेर सडकमा मिल्काएर शाही चितवन हानिएको पुष्टि भएको छ ।
तर यो हत्यामा उनीबाहेक अरु को को थिए र हत्याको कारण के थियो खुल्न बाँकी नै छ ।