Prakash Adhikari September 4, 2020

ब्रायन लारा स्टेडियम(ट्रिनिडाड), १९ भाद्र । क्यारेबियन प्रिमियर लिग २०२०(सीपएल २०२०) अन्तर्गत बिहिबार राती निर्धारित जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स बीचको खेल वर्षाका कारण नतिजाबिहिन हुन गएपछि दुवै टिमले १ । १ अंक बाँडेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकेट नगुमाई ४६ रन बनाएको थियो । त्यसपछि आएको मुुसलधारे वर्षाले खेल रोकियो। निरन्तर वर्षाभए पछि खेल जारी राख्न संभव भएन अम्पाएरले खेल रोकिएको निर्णय सुनाए । दुवै प्रतिस्पर्धी टिममा अंक बाँडियो ।


यो अंक बाँडफाँटले नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तल्लाबाजलाई फाइदा पुग्यो । लिग चरणमा दुई खेल खेल्न बाँकी रहदा नै सन्दीपको जमैकाले ८ खेलमा ३ जित, ४ हार र १ नतिजाविहिन खेल पछि ७ अंक हासिल गर्दै चौथो स्थान सुरक्षित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न बार्बाडोस टइडेण्ट र गुयना अमेजन वारियर्सबीचको खेल बार्बाडोसले गुमाएपछि ऊ नौ खेलमा ९ खेलमा ७ हार र २ जितसहित ४ अंक लिएर पाँचौ स्थानमा पुगेको छ । अब बाँकी एक खेल जिते पनि उसले ६ अंक हासिल गर्छ । यता बिहिबारको खेलमा जमैकासंग अंक बाँडेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोर्ट ९ खेलमा ८ हार , १ जित र एकमा अंक बाँडे ३ अंकसहित अन्तिममा बसेको छ । उसले बाँकी एक खेल जितेपनि ५ अंक हुन्छ । यसैले ऊ पनि सेमिफाइनल पुग्नबाट बञ्चित हुने निश्चित छ । यसरी दुई खेल बाँकी रहदै जमैकाको सेमिफाइनल यात्रा सुनिश्चित हुन गएको छ ।

अब जमैकाले सेप्टेम्बर ५ मा बार्बेडोससंग तथा सेप्टेम्बर ६ मा सेन्ट लुसिया बिरुद्ध खेल्नेछ।

Caribbean Premier League

यस अघिनै ट्रिनबागो नाइट राइडर्स, गुयना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्स सेमिफाइनल पुगिसकेका छन्।ट्रिनबागो नाइट राइडर्सले हालसम्म खेलेका ८ खेलमा शतप्रतिशत जित निकाल्दै १६ अंक हासिल गरी अंक तालिकामा शीर्ष स्थान सुरक्षित गरेको छ । गुयनाले लिग चरणका १० खेलमा ६ मा जित र ४ मा पराजयको नतिजा निकाल्दै १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । सेन्ट लुसिया जुक्स हालसम्मका ८ खेलमा ५ मा विजय र ३ मा पराजयको नतिजासहित १० अंक लिएर तेस्रो स्थानमा रहेको छ । बाकी रहेका खेलमा जित हार जसजसको भए पनि सेमिफाइनलमा जाने चार टिम घोषित भैसकेका छन् ।

सेमिफाइनलमा को कोसंग

2020 Caribbean Premier League (CPL) Schedule Announced! - IssueWire

लिगको पहिलो सेमिफाइनल सेप्टेम्बर ८ मा अंकतालिकाको पहिलो स्थानमा रहने टिम ( ट्रिनबागो ) र चौथो स्थानमा रहने टिम बीच खेलिनेछ। दोश्रो सेमिफाइनल सेप्टेम्बर ९ को बिहान अंकतालिकामा दोश्रो र तेश्रो हुने टिम बीच खेलिनेछ।

अब जमैकाले पहिलो सेमीफाइनलमा ट्रिनबागोसंग खेल्ने सम्भावना धेरै देखिएको छ। यदी सेन्ट लुसियाले अब खेल्न बाँकि दुवै खेलमा हार बेहोर्ने हो र त्योसंगै जमैकाले दुवै खेल जित्ने हो भने जमैका लिगको तेश्रो स्थानमा उक्लदै ट्रिनबागोसंग सेमीफाइनल खेल्नबाट बच्न सक्छ।

जमैकाले अब शनिवार राति १२ बजे सेन्ट बार्बेडोससंग तथा आइतबार राति १२ बजे सेन्ट लुसियासंग खेल्ने तालिका रहेको छ।

सीपीएल २०२० अन्तरगत सेप्टेम्बर ५ मा ट्रिनबागो र सेन्ट लुसिया तथा जमैका र बार्बेडोसबीच खेल हुनेछ भने सेप्टेम्बर ६ मा सेन्ट किट्स र ट्रिनबागो तथा सेन्ट लुसिया र जमैकाबीच खेल हुनेछ ।

सीपीएलको पहिलो सेमीफाइनल सेप्टेम्बर ८ मा अंकतालिकामा पहिलो स्थानमा रहने र चौथो स्थानमा रहने टिमबीच हुनेछ भने दोश्रो सेमिफाइनल सेप्टेम्बर ९मा अंकतालिकामा दोश्रो र तेश्रो स्थानमा रहने टिमबीच हुनेछ ।

सीपीएल २०२० को फाइनल सेप्टेम्बर १० मा हुनेछ ।

Share Now

Leave a comment.