Prakash Adhikari September 13, 2020

काठमाडौं, २८ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणमा परेकाहरुको संख्या ५४ हजार माथि पुगेको छ भने यस घातक भाइरसका कारण जीवन गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।

शनिवार अपराह्णदेखि आइतवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १ हजार ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। थपिएका संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्लाका रहेका छन्।

विगत २४ घण्टामा कोरोनाको कारण थप ९ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३ सय ४५ जनाको कोरोना संक्रमणको समेत कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ३८ हजार ६ सय ९७ जना कोरोना संक्रमण मुक्त भएको प्रमाणित भएका छन्।

हालसम्म प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च छ।

अहिले देशभरि १५ हजार १ सय १७ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७ हजार ३ सय ८७ जना घरमै र ७ हजार ७ सय २९ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

सरकारले शनिवार भदौ २७ गते १ हजार २ सय १ जनामा सङ्क्रमण र १४ जनाको मृत्यु पुष्टि गरेको थियो।

bbc

सङ्क्रमित र मृतकहरुको पृष्ठभूमि

सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।

मृतकमध्ये तीन महिला र छ पुरुष छन्। तीमध्ये दुई महिला र पाँच पुरुष काठमाडौं हुन्।

मृतकहरूको उमेर ४५ देखि ७० वर्ष भएको मन्त्रालयले जनाएको छ।

यसरी बढिरहेको छ कोइरानाभाइरस सङ्क्रमण. दुई हप्ताको तथ्याङ्क.  .

थपिएका सङ्क्रमितमध्ये ३ सय ६५ महिला र ६ सय ६४ जना पुरुष छन्।

काठमाडौं जिल्लामा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी उपत्यकामा ५ सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी मोरङमा ७१, धादिङमा ३४, बर्दियामा ६१ र रूपन्देहीमा ३१ जनामा पनि कोरोना भाइरस देखिएको छ।

अहिले काठमाडौं उपत्यकामा ६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

देशभरि भएका सङ्क्रमितमध्ये सिकिस्त बिरामी परेका १ सय ६९ जनालाई सघन उपचार उपलब्ध गराउनुपरेको र २३ जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ।

सघन उपचार आवश्यक परेका र भेन्टिलेटरमा भएका बिरामीहरूको सङ्ख्या वाग्मती प्रदेशमा सर्वाधिक छ।

अहिले कहाँ छन् धेरै सङ्क्रमित?. आइतवार अपराह्णसम्मको तथ्याङ्क.  .

परीक्षणको अवस्था

विगत २४ घण्टामा ९ हजार १ सय ६५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता डा. गौतमले बताउनुभएको छ।

सो अवधिमा १ हजार १ सय ७३ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएका छन् ।

सङ्क्रमण
अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

गत भदौ २५ गते मन्त्रालयले १ हजार ४ सय ५४ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
कोभिड(१९ हुँदा मान्छेको शरीरमा के हुन्छरु

अब २ हजार रुपैयाँमा पीसीआर
मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग गरिने पीसीआर परीक्षणको शुल्क दोस्रो पटक घटाएको छ।

अहिले ४ हजार ४ सय रुपैयाँमा हुँदै आएको परीक्षण अब २ हजार रुपैयाँमा गरिने प्रवक्ता डा. गौतमले बताउनुभएको छ।

ूहाल पीसीआर परिक्षणका लागि आवश्यक पर्ने सामग्रीको मूल्य घटेकाले पहिलेको शुल्कमा घटाउनेगरी निर्णय गरिएको हो,ू उहाँले बताउनुभयो।

पहिला पीसीआर परीक्षणका लागि १० प्रतिशत सेवाशुल्कसहित ६ हजार ५० रुपैयाँ तोकिएको थियो।

अहिले देशभरिका ३४ वटा सरकारी र १३ वटा निजी प्रयोगशालामा शुल्क तिरेर परीक्षण गर्न पाइने व्यवस्था छ।

Share Now

Leave a comment.