Prakash Adhikari September 21, 2020

काठमाडौं, ४ असोज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६४ हजार नाघको छ । मृतकको संख्या ४ सय ११ पुगेको छ ।

आइतवार अपराह्णसम्म नेपालमा २४ घण्टामा गरिएको परीक्षणमा १ हजार ३ सय २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा कोरोना भाइरसको समेत संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यससंगै अहिलेसम्म ४ सय ११ जनाको कोरोना भाइरसको संक्रमणसँग सम्बन्धित कारणले मृत्यु भएको छ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।

शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले देशभरि १७ हजार ४ सय ७८ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र बाँकी घरमै भएको मन्त्रालयले जनाएको छ।
अन्य विवरण

विगत २४ घण्टामा ९ हजार ५ सय ८४ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।

सो अवधिमा ९ सय ६६ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४६ हजार २ सय ३३ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

गम्भीर लक्षण भएका बिरामीमध्ये १ सय ९० जना सघन उपचारमा र ३६ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।

अहिले देशभरि ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा छन्।(स्रोतः बीबीसी नेपाली सेवा)

Share Now

Leave a comment.