वालिड.(स्याङ्जा), ८ असोज । स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ तमादीमा पहिरोमा परेर एकै परिवारका ९ सहित अर्का एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा माया नेपाली, दीपक नेपाली, सानी नेपाली, जीवन नेपाली, उमा नेपाली, कुलदीप नेपाली, विक्रम नेपाली, विनिता नेपाली, दिवस नेपाली र ७ महिनाको बच्चा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
राति सुतिरहेको बेला पहिरो गएकाले परिवार नै सखाप भएको प्रहरीले बताएको छ ।