Prakash Adhikari October 1, 2020

 

काठमाडौं, १५ असोज । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको छ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरेको छ भने बुधबार नेपाल सरकारको मुख्य सचिवबाट राजिनामा दिनुभएका लोकदर्शन रेग्मीलाई उहाँको राजिनामा स्वीकृत गर्दै बेलायतको लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

सरकारले दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई सिफारिश गरेको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का विश्वकर्मालाई राजदूतमा सिफारिश गरेको हो।

सिफारिश भएका राजदूतहरुलाई संसदीय सुनुवाइबाट स्वीकृत गरेपछि राष्ट्रपतिबाट नियुक्त गर्ने परम्परा छ । नियुक्त राजदूतहरुको सम्बन्धित मुलुकबाट एग्रिमो पनि आउनु पर्दछ ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अनिवार्य अवकाश पाउनुहुने रेग्मीले बुधबार नै राजीनामा दिनुभएको थियो ।

यता अर्थमन्त्रीबाट राजिनामा दिएपछि प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बन्नुभएका डा. खतिवडालाई अमेरिकाको राजदूत बनाउने चर्चा गत माघदेखि नै चल्दै आएको थियो ।

Share Now

Leave a comment.