काठमाडौ, १५ असोज । बैंक अफ काठमान्डूले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६ सय ३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६ सय ३६ हुनेछ ।
असार मसान्तसम्म बैंक अफ काठमान्डूले १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४४ पैसा छ ।


















