बाग्लुड., १४ माघ । ग्लोबल आइएमई बैंकले ११औँ वार्षिकोत्सवको उपलक्षमा शनिबार बाग्लुङ जिल्लाको बुर्तिबाङ्गमा ‘वित्तीय साक्षरता कार्यक्रम’ संचालन गरेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ०१, बुर्तिबाङको बुद्ध सिनेमा हलमा सम्पन्न सो तालिम आयोजना गरिएको थियो ।
कार्यक्रममा बैंकका ‘तालिम तथा बैंक बिज्ञ’ पूर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीय संस्थाको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा १ सय जना भन्दा बढीको उपस्थिति थियो ।
कार्यक्रमका सहभागीहरुले बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए ।
बैंकले माघ १३ गते शनिबार देखि नै बाग्लुङ्ग जिल्लाको निसीेखोला गाउँपालिका २, जुग्गाखोलामा आफ्नो ६५औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।
सोस्थानमा खोलिएको सेवाको लागि स्थानीय अनिल कुँवरलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १सय १३ वटा शाखा, १ सय २७ एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ सेवा प्रदान गर्देआइरहेको छ ।