Prakash Adhikari October 6, 2020

 

काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टीका दुई अध्यक्षबीच सोमबार छलफल भएपछि आज अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले बताउनुभयो ।

यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो तर प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन ।
तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो ।

सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।

आज बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने बताइएको छ ।

Share Now

Leave a comment.