Prakash Adhikari October 27, 2020

 

शारजाह (युनाइटेड अरब इमिरेट्स), ११ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं संस्करण अन्तरगत सोमबार सम्पन्न ४६ औं खेलमा किड.स् ११ पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । यो खेल संगै दुवै टिमको प्लेअफ पुग्ने संभावना समान रहेको छ ।

शारजाह स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले मात्र २ विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्यो।

पञ्जाबलाई बिजयी बनाउन मन्दिप सिंहले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए भने क्रिश गेलले २९ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाए। त्यस्तै कप्तान कन्नोर लोकेश राहुलले २८ रन बनाए भने निकोलास पुरनले २ रन बनाए ।

कोलकाताको बलिंगमा वरुण चक्रवर्ती र लकी फर्गुसनले समान एक एक विकेट लिए।

पञ्जाबको ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४९ रन बनाएको थियो।

कोलकाताको लागि ओपनर शुबमन गिलले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५७ रन बनाए । आईपीएल करियरमा गिलको यो सातौँ अर्धशतक हो। कप्तान ओएन मोर्गनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४० रन तथा लकी फर्गुसनले १३ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित २४ रन बनाए। राहुल त्रिपाठीले ७, सुनिल नारायण र कमलेश नगरकोटीले समान ६ । ६ , बरुण चक्रवर्तीले २ र प्याट कुमिन्सले १ रनको योगदान दिएका थिए।

पञ्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए भने क्रिस जोर्डन र रभी बिन्सोइले २ ।२ विकेट लिए भने मुरुगन आश्विन र ग्लेन म्याक्सवेलले समान १ । विकेट लिए।

अंकतालिका र आगामी खेल

यो जितपछि पञ्जाब कोलकातालाई पछि पार्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। पञ्जाबको १२ खेल समान जित र हार निकाल्दै १२ अंक हासिल गरेको छ। १२ अंकनै रहेको कोलकाता नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा पुगेको छ। १२ खेलमा १० अंक सहित राजस्थान छैठौं स्थानमा तथा ११ खेलमा ८ अंक सहित हैदरावाद सातौँ स्थानमा रहेको छ।

Indian Premier League

अब पञ्जाबले राजस्थान र चेन्नाईसंग खेल्न बाँकी छ। दुवै खेल जिते ऊ प्लेअफ छनौट हुनेछ। कोलकाताले चेन्नाई र राजस्थानसंग खेल्न बाँकी छ। कोलकाताले पनि प्लेअफ पुग्न दुवै खेलमा जित्नु पर्दछ र पञ्जाबले कम्तिमा १ खेलमा हार्नुपर्नेछ। हैदरावादले पनि ३ खेल खेल्न बाँकी रहेकोले अब सबै ३ खेलमा हैदरावाद विजयी भएको खण्डमा ऊ पनि प्लेअफमा पुग्ने सम्भावना जीवितै रहन्छ।

पञ्जाबले आगामी खेल शुक्रबार राजस्थानबिरुद्ध तथा कोलकाताले आगामी खेल चेन्नाईबिरुद्ध खेल्ने तालिका रहेको छ।

मंगलबारको खेलमा हैदरावाद र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्। खेलमा दिल्ली विजयी भए प्लेअफ छनौट हुनेछ भने हैदरावाद प्लेअफ रेसबाट बाहिरिनेछ। चेन्नाईको भने प्लेअफ पुग्ने संभावना समाप्त भएको छ ।

Share Now

Leave a comment.