Prakash Adhikari November 4, 2020

शारजहाँ(संयुक्त अरब इमिरेट्स), १९ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को तेह्रौ संस्करण अन्तर्गत लिग चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको मुम्बई इण्डिन्सलाई शानदार ढंगले जितेपछि सन राइजर्स हैदरावाद प्लेअफ पुग्ने चौथो टिम बन्न सफल भएको छ भने यो खेलको नतिजा ढुकेर प्लेअफको सपना बुनेको कोलकोताको यात्रा टुंगिएको छ । यस अघि नै मुम्बई, दिल्ली र बैंगलोरले प्लेअफमा स्थान बनाइसकेका छन्।

प्लेअफ पुग्नको लागि गर या मरको स्थितिमा रहेको अन्तिम खेलमा हैदरावादले मुम्बईलाई १० विकेटले पराजित गरेको थियो ।

शारजाह स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदरावादले विकेट नगुमाई १७.१ ओभरमै पूरा गरेको थियो।

खेलमा हैदरबादका ओपनर कप्तान डेभिड वार्नर र रिद्धिमान साहाले १ सय ५० रनको लक्ष्य १ सय ५१ रन बनाएर पूरा गरे ।

खेलमा क्याप्टेन वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८५ रन बनाएका थिए भने साहाले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए।

मुम्बईको ब्याटिड.


यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सूर्यकुमार यादवले ३६ रन बनाए भने इशान किशनले ३३, क्विन्टन डी ककले २५ रन बनाए। त्यस्तै रोहित शर्माले ४ , सौरभ तिवारीले १ , नाथन कौल्टर नाइलले १ रन बनाएका थिए ।

मुम्बईलाई रोक्ने क्रममा हैदरावादका सन्दीप शर्माले सर्वाधिक ३ विकेट लिए भने शाहबाज नदीम र जेसन होल्डरले समान २ । २ विकेट तथा राशिद खानले १ विकेट लिए।

प्लेअफको भिडन्त

लिग चरणका खेल समाप्त हुँदा अंकतालिकामा १८ अंकसहित मुम्बई पहिलो, १६ अंकसहित दिल्ली दोश्रो, १४ अंकसहित हैदरावाद तेश्रो तथा १४ अंक नै पाएको बैंगलोररन रेटमा पछि पर्दै चौथो स्थानमा रहेर प्लेअफको यात्रा तय गरेका छन्। १४ अंकनै रहेको कोलकाता हैदरावाद र बैंगलोर भन्दा नेट रन रेटमा पछि पर्दै प्लेअफ यात्राबाट बाहिरिएको छ।

१३ औं आईपीएलको प्लेअफ समीकरण पनि पूरा भएको छ। पहिलो क्वालिफायर नोभेम्बर ५ बिहिबार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच दुबई क्रिकेट स्टेडियममा हुने भएको छ भने ।

IPL 2020 : Check how IPL 2020 trophy is brought to the stadium everyday
यस्तै इलिमिनेटर खेल नोभेम्बर ६ मा रोयल च्यालेन्जर्स बैंगलोर र हैदरावादबीच शेखजायद स्टेडियम अबुधाबीमा खेलिनेछ। पहिलो क्वालिफायरमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटरमा विजयी हुने टिमसंग फाइनल प्रवेशको लागि दोश्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। दोश्रो क्वालिफायर नोभेम्बर ८ मा हुनेछ । पहिलो र दोस्रो क्वालिफायरमा विजयी टिमबीच नोभेम्बर १०मा फाइनल खेल हुनेछ ।

Share Now

Leave a comment.