Prakash Adhikari November 4, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १९ कार्तिक(बीबीसी) । शताब्दीकै धेरै मत खसेको ठानिएको अमेरिकी राष्ट्रपतीय चुनाव सकिएसँगै मतगणना शुरू भएको छ।

बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

प्राप्त प्रारम्भिक नतिजामा पनि उहाँहरूबीच कडा प्रतिस्पर्धा देखा परेको छ।

बीबीसीका उत्तर अमेरिका संवाददाता पिटर बोउजका अनुसार, चुनावी रातको पहिलो नतिजाबारे गरिएको अनुमान अनपेक्षित थिएन।

उथलपुथलको वर्ष

परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् जहाँ चार वर्षअघि उनले हिलरी क्लिन्टनलाई हराएका थिए।

फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जिया दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ।

सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जिया पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ।

मतदाता
ट्रम्पले चुनावी नतिजालाई ह्वाइट हाउसबाट नियालिरहनुभएको छ भने बाइडनले आफ्नो निवासबाट हेरिरहनुभएको छ।

उथलपुथलयुक्त वर्षको अन्त्यतिर राष्ट्रपतीय चुनाव भएको हो।

ट्रम्पको कदमबारे चिन्ता
दुई लाख ३० हजार व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग अमेरिका अझै जुझिरहेको छ भने उसको अर्थतन्त्र पनि प्रभावित भएको छ।

जातिवाद र प्रहरी दमनविरुद्ध कैयौँ महिनासम्म चलेका प्रदर्शनले मुलुक प्रभावित भएको थियो।

चुनावपछि हुन सक्ने हिंसाको आशङ्कामा देशभरि पसल तथा व्यापार(व्यवसाय बन्द भएका छन्।

चुनावी नतिजा आफ्नो पक्षमा नआए राष्ट्रपति ट्रम्पले त्यसलाई स्वीकार्ने वा नस्वीकार्ने भन्ने कुरालाई लिएर धेरैमा चिन्ता छ।

Promo image showing Joe Biden and Donald Trump
नतिजा विवादित भए कानूनी हस्तक्षेपका लागि दुवै पक्षले वकिल तम्तयार अवस्थामा राखेका छन्।

ध्यान माथिल्लो सदनमा पनि

अमेरिकीहरूले कङ्ग्रेसका नयाँ सदस्य र ११ राज्यमा गर्भनर पनि चयन गर्दैछन्। सबैको ध्यान माथिल्लो सदन सिनेटमा केन्द्रित छ।

रिपब्लिकनहरूको ६ वर्षदेखिको बहुमतलाई अन्त्य गर्दै डेमोक्र्याटहरूले सिनेटमा वर्चस्व कायम गर्ने जनमत सर्वेक्षणहरूले देखाएका छन्।

यदि त्यस्तो भयो भने बाइडनले जितेमा कार्यक्रमहरू ल्याउन उनलाई सहज हुनेछ भने ट्रम्प दोस्रो कार्यकालका लागि जितेमा उनका योजना रोक्न सकिनेछ।

संसद्‌को तल्लो सदन हाउस अफ रेप्रजेन्टेटिभ्समा डेमोक्र्याटिक पार्टीकै नियन्त्रण रहने देखिएको छ।

Share Now

Leave a comment.