
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २० कार्तिक(एजेन्सीहरुबाट) । विश्व शक्ति राष्ट्र अमेरिकाको शक्तिशाली राष्ट्रपति पदका लागि मंगलबार (नोभेम्बर ३)मा भएको निर्वाचनमा डेमोक्रयाटिक पार्टीका उम्मेद्वार तथा पूर्व उपराष्ट्रपति जो वाइडन विजयको निकट पुग्नुभएको छ ।
मतगणना जारी रहेका राज्यमध्ये मिचिगनका १६ निर्वाचक मत उहाँको पक्षमा गएपछि उहाँको निर्वाचक मत २ सय ६४ पुगेको छ । राष्ट्रपतिको निर्वाचन जित्नका लागि २ सय ७० निर्वाचक मत भए पुग्छ । मत गणना जारी रहेका राज्य मध्ये ११ निर्वाचक मत रहेको एरिजोना र ६ निर्वाचक मत रहेको नेभादामा उहाँले अग्रता लिइरहनुभएको छ । डेमोक्रेटहरुले निकै आशा गरेको पेन्सिलभेनियामा ८७ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता रहेको छ । (एरिजोना र विस्किन्सन बाइडनको पक्षमा गएको एपी(एशोसिएट प्रेस)ले जनाएको छ ।)
यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएको बताइएको छ । अहिलेसम्म ५० मध्ये अधिकांश राज्यको मतपरिणाम आइसकेको छ। अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् मतपत्रमा अग्रिम मतदान गरेका थिए । यही कारणले कागतका ती मतहरु गणना गर्न ढिलो भएको छ ।
मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति असन्तुष्टि व्यक्त गरेको देखाउँछ । निर्वाचनमा राष्ट्रपति ट्रम्पप्रतिको विकर्षणको यो प्रमुख कारण रहेको छ ।
चुनावहुनुभन्दा अगाडिका प्रि-पोल र मतदान गर्ने मतदाताहरु बुथबाट निस्कनेवित्तिकै गरिने एक्जिट पोलहरुको राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखाएका थिए ।
मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलन देखि लिएर झिनो मतान्तरले डोनल्ड ट्रम्पको विजय हुनेसम्मका प्रक्षेपणहरू थिए। रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समयावधिपछि जो बाइडनले ल्यान्डस्लाइड अर्थात् अत्यधिक बहुमतले जित हासिल गर्न सक्ने भन्ने अनुमानको ठाउँ अब बाँकी रहेन। अब जसले जिते पनि त्यो झिनो मतान्तरले अन्तिम निर्णय हुने अवस्था देखिएको छ। अनि त्यो अब कसको पक्षमा कसरी र कति समयपछि हुन्छ भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ।
तर कडा प्रतिस्पर्धा हुने राज्यका परिणामले राष्ट्रपति पदको छिनोफानो गर्ने देखिन्छ ।
नेपाली समयानुसार बिहीवार बिहानसम्म (अमेरिकी समय अनुसार नोभेम्बर ४ बुधवार) नतिजा आउने अपेक्षा गरिएका राज्यहरुमा १ निर्वाचक मत रहेको विस्कन्सिन , १६ निर्वाचक मत रहेको मिशिगन , १६ निर्वाचक मत रहेको जोर्जा र ११ निर्वाचक मत रहेको एरिजोना रहेका छन् ।
२० निर्वाचक मत रहेको पेन्सिलभेनियाको परिणाम नोभेम्बर ६ शुक्रवारसम्म आउने अपेक्षा गरिएको छ । ४ निर्वाचक मत रहेको नेभाडा र ३ निर्वाचक मत रहेको अलास्काको हुलाकबाट आउने मतपत्र गणनाको परिणाम नोभेम्बर १० मङ्गलवारसम्म आउने अपेक्षा गरिएको छ । त्यस्तै १५ निर्वाचक मत रहेको नर्थ क्यारोलाइनाको हुलाकबाट आउने मतपत्रको म्याद नोभेम्बर १२ बिहीवारसम्म सकिने अनुमान गरिएको छ ।
मतपरिणामलाई असर गर्नसक्ने केही राज्यहरूको नतिजा आइसकेको छैन तर दुवै उम्मेरवार डोनल्ड ट्रम्प र जो बाइडनले आफू विजयको बाटोमा रहेको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टलर मतको आवश्यक पर्छ। अहिलेसम्म बाइडनले २६४ र ट्रम्पले २१४ मत प्राप्त गर्नुभएको छ। कडा प्रतिस्पर्धाको अर्थ हुलाकमार्फत् गरिएको मतदान निर्णायक हुनसक्ने देखिएको छ।
राष्ट्रपति ट्रम्पको हतारो
LIVE: President Donald J Trump https://t.co/J7hhaUPUf0
— Team Trump (Text TRUMP to 88022) (@TeamTrump) November 4, 2020
हुलाकबाट आउने मतहरुको गणना नहुँदै विद्युतीय मतहरुको परिणामबाट हौसिनु भएका राष्ट्रपटि ट्रम्पले आफूले जितेको दाबी गर्दै अब हराउने कार्य भएमा सर्वोच्च अदालतमा चुनौती दिने घोषणा गर्नुभएको छ। तर के कुरामा चुनौती दिने भनेर स्पष्ट भन्नुभएको छैन।
ह्वाइट हाउसको इस्ट रुमबाट बोल्दै ट्रम्पले आफूहरूको जित हुन लागेको दाबी गर्नुभएको थियो।
‘हामी ठूलो विजयोत्सवको तयारी गर्दैछौँ। हामी सबै जित्दैछौँ’, उहाँले भन्नुभएको थियो ।
ट्रम्पले फ्लोरिडाको जितलाई प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो,’हामीले जितेको मात्रै होइन, हामीले ठूलो जित हासिल गर्यौँ।’
We have claimed, for Electoral Vote purposes, the Commonwealth of Pennsylvania (which won’t allow legal observers) the State of Georgia, and the State of North Carolina, each one of which has a BIG Trump lead. Additionally, we hereby claim the State of Michigan if, in fact,…..
— Donald J. Trump (@realDonaldTrump) November 4, 2020
‘सबैभन्दा महत्त्वपूर्ण, हामी पेनसिल्भेनियामा विशाल मतसङ्ख्याले जितिरहेका छौँ ‘, ट्रम्पले भन्नुभएको थियो।
तर ट्रम्पले निर्वाचनलाई धाँधली भन्दै त्यो “राष्ट्रका निम्ति ठूलो जालसाजी” भएको टिप्पणी पनि गर्नुभएको थियो।
उहाँले मतगणना तत्काल रोक्नका लागि सर्वोच्च अदालतलाई आह्वान समेत गर्नुभयो।
उहाँले आफ्नो सम्बोधनको सुरुआतमा “विशाल सहयोगका लागि” भनेर अमेरिकी जनतालाई धन्यवाद पनि दिनुभएको थियो।
यसअघि ट्रम्पले ट्वीट गर्दै यस्तो लेख्नुभयो ‘हामी ठूलो हुँदैछौँ र उनीहरू निर्वाचन चोर्न खोजिरहेका छन्।’
उपराष्ट्रपति माइक पेन्सले भने ट्रम्पको भनाइलाई मन्थर पार्न सबै कानुनी मतको गणना हुने बताउँदै अहिल्यै विजय घोषणा गर्न छिटो हुने बताउनुभएको छ ।
राष्ट्रपति पदका डेमोक्रयाट प्रत्याशी बाइडनको अभियान समूहले ट्रम्पले गणना गर्न बाँकी रहेका मतका बारेमा गरेको टिप्पणी गलत भएको भन्दै कडा आलोचना गरेको छ।
बाइडनको विश्वास
बाइडनले निर्वाचनको परिणाम आइरहेको समयमा मतदातालाई सम्बोधन गर्दै यो निर्वाचन अन्तिम मत नगनिएसम्म नसकिने र आफूहरु विजयको बाटोमा रहेको बताउनुभएको थियो ।
ह्वाइट हाउसबाट सम्बोधन गर्दै भन्नुभएको थियो, ‘हामी यो निर्वाचन जित्न तयार भइरहेका छौँ। स्पष्ट भन्नुपर्दा हामीले यो निर्वाचन जितिसकेका छौँ।’
जोर्जिया, विस्कन्सिन र पेनसिल्भेनिया जस्ता कडा प्रतिस्पर्धा हुने राज्यको विजेता प्रक्षेपण गरिएको छैन।
डेमोक्र्याट उम्मेदवारलाई जाने सम्भावना रहेको शहरी क्षेत्रको ठूलो सङ्ख्याको मत गन्न बाँकी नै रहेको छ।
धेरै मतदाताले हुलाकमार्फत् मतदान गरेको पेनसिल्भेनियामा मतगणना सक्न केही दिन लाग्न सक्ने बताइएको छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आम मतदाताले धेरै मत दिएका उम्मेद्वार विजयी नहुन पनि सक्छन्।
मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना रहन्छ।
राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने इलेक्टरल कलेज अर्थात निर्वाचक मण्डलको मतका आधारमा हुन्छ।
अमेरिकामा ट्रम्पको विरोधमा प्रदर्शन
निर्वाचनको रात मतगणना हुँदै गर्दा राजधानी वाशिङटन डीसीको सडकमा ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ।
सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बताइएको छ।
प्रदर्शनकारीहरूले ‘हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्’ भन्ने नारा लगाएका छन्।
सामान्यतया प्रदर्शन शान्तिपूर्ण भएपनि ह्वाइट हाउस बाहिर केही तनाव भएको र तीनजनालाई गिरफ्तार गरिएको एनबीसी समाचार संस्थाले जनाएको छ।
अन्य राज्यहरूमा पनि साना विरोध प्रदर्शनका घटनाहरू भएका छन्।
ट्रम्पले अनपेक्षित रूपमा राम्रो गरेका छन् र बाइडन छिटो नतिजा आएका महत्त्वपूर्ण राज्यमा विजयी हुन नसक्दा तथा केही राज्यको मतपरिणाम कुर्दा अन्तिम परिणाम आउन ढिलो हुने देखिएको छ।
नेपालीको चासो
अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे पूरा विश्वमा जस्तै नेपाल र नेपालीको चासो पनि बढेको पाइन्छ।
https://www.facebook.com/bishwaprakashS/videos/270910844348786/
अमेरिकाको उचारचढावपूर्ण सम्बन्ध रहेको चीनसँग नेपालको सीमा जोडिएको र भूराजनीतिक अवस्थाले गर्दा उक्त चुनावप्रति कूटनीतिक सरोकार पनि राख्ने गरेको पाइन्छ।
अनि नेपाल जस्तो देशले अमेरिकामा हुने गरेको चुनावी प्रक्रिया र त्यसमा प्रयोग हुने प्रविधिबाट शिक्षा लिनुपर्ने मत राख्नेहरू पनि छन्।
हामीले अमेरिकी चुनावबाट सिक्ने कुरा के के छन् त ? बीबीसी न्यूज नेपालका शरद केसीको रिपोर्टमा भनिएको छ : चुनावका सम्भावित विजेतादेखि निर्वाचनको परिणामले नेपालमा पार्न सक्ने प्रभावबारे सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूले पनि आफ्ना धारणा राखिरहेका छन्।
उनीहरूले महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिले लिने नीतिका कारण विश्व नै प्रभावित हुने भन्दै त्यसको असर नेपालमा पनि देखिनसक्ने टिप्पणी गरेका छन्।
कतिपयले राष्ट्रपति डोनल्ड ट्रम्प नै पुनर्निवार्चित हुने धारणा राखिरहेका छन् भने कतिले जो बाइडन नयाँ नेताका रूपमा चुनिने बताइरहेका छन्।