वाशिंटन(संयुक्त राज्य अमेरिका),२० कार्तिक(एजेन्सीहरु) ।जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका बुधबार औपचारिक रुपमा बाहिरिएको छ।
अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
ती सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले गत वर्षदेखि सुरू गरेको सो अभियानबाट बुधबार औपचारिक रुपमा बाहिरिएको हो।

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि सुरू गरेको थियो।
त्यस निर्णयको कार्यान्वयन एक बर्षपछि हुने बताइएको थियो । अमेरिकाले निर्धारण गरेको समय बुधबार पूरा भएको छ।

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँग एक सम्झौता गरेको थियो।
त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो। तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उहाँले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गर्नुभएको थियो।
अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरूले विरोध गरेका थिए। तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएको थियो।
केही महिना अघिसम्म नै उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरूले आग्रह गरिरहेको भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने ती आग्रहहरुलाई वेवास्ता गर्दै आइरहनुभएको छ।
Today, the Trump Administration officially left the Paris Climate Agreement. And in exactly 77 days, a Biden Administration will rejoin it. https://t.co/L8UJimS6v2
— Joe Biden (@JoeBiden) November 5, 2020



















