
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २० कार्तिक(बीबीसी) । संयुक्त राज्य अमेरिकामा गत मंगलबार सम्पन्न निर्वाचनमा विजयोन्मुख बन्नुभएका डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडनको टीमले संक्रमणकालीन वेबसाइट सुरु गरेको छ ।
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचन नोभेम्बर महिनाको पहिलो मंगलबार गरिने भएपनि विजयी उम्मेदवारको राष्ट्रपति पदको शपथग्रहण ज्यानुअरी २० मा मात्रै हुन्छ।
निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले आफूले सत्ता सम्हाल्नेबित्तिकै काम गर्न सङ्क्रमणकालीन टोली बनाउने गर्छन्।
अहिलेसम्म अमेरिकी निर्वाचनको मतगणनामा जो बाइडन वा डोनल्ड ट्रम्प कोही पनि स्पष्ट विजेताका रूपमा अगाडि आएका छैनन्। दुवै उम्मेदवारले आफू विजयतर्फ उन्मुख भएको दाबी गरिरहेका छन्।
यसैक्रममा बाइडनको टोलीले भने नयाँ बेवसाइटसुरु गरेको छ।
यसमा लेखिएको छ, ‘देशले सामना गरिरहेको सङ्कट गम्भीर छ : महामारीदेखि आर्थिक मन्दीसम्म, जलवायु परिवर्तनदेखि जातीयता आधारित अन्यायसम्म, र सङ्क्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको छ जसले गर्दा बाइडन(ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस्।’
Today, the Trump Administration officially left the Paris Climate Agreement. And in exactly 77 days, a Biden Administration will rejoin it. https://t.co/L8UJimS6v2
— Joe Biden (@JoeBiden) November 5, 2020
बुधवार बाइडनले जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पहिलो दिनमा पुनस् जोडिने वाचा दोहर्याउनुभएको थियो। सो सम्झौताबाट ट्रम्पले सन् २०१६ मा गरेको निर्णय अनुरुप बुधवार नै अमेरिका औपचारिक रूपमा छुट्टिएको छ।