काठमाडौं, २० कार्तिक । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ।
२५ खेलाडी र अफिसियलसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार नै बिदाई गरेको थियो।
ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्।
यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।



















