
काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेट गर्नुभएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको हो।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत उपस्थित हुनुहुन्थ्यो।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुँदै भारतीय सेनाका प्रधानसेनापति मनोज मुकुन्द नरवणे । pic.twitter.com/K9bdnTQy5J
— Surya Thapa (@ThapajiSurya) November 6, 2020
भारतीय स्थल सेनाध्यक्ष नरवणे आज बिहान माउण्टेन फ्लाइटमा सोलखुम्बुको स्याड.बोचेतर्फ गएर सगरमाथाको दृश्यावलोकन गरी फर्कनुभएको थियो ।
प्रधानमन्त्रीसंगको भेटपछि तीन दिने भ्रमण समापन गरी आजै भारतीय सेनाध्यक्ष नरवणे भारत फर्किने कार्यक्रम छ।