Prakash Adhikari November 6, 2020

काठमाडौं, २१ कार्तिक । गायक सुशील श्रेष्ठ जुजु को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुन न’ सार्वजनिक भएको छ।

प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजुु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतबद्ध गर्नुभएको हो।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेती र प्रकाश जिसी फिचर्ड छन्।

भिडियोमा सुदीप बरालको कन्सेप्ट र छायांकन रहेको छ भन भिडियोको सम्पादन टेकेन्द्र शाहले गर्नुभएको छ।

काजीबहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसियल युट्युव च्यानल ‘ जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

गीत संगीतमा अत्यन्त लगाव राख्ने प्रतिभाशाली कलाकार स्वर्गीय आशिष तामाङ प्रति श्रद्धांसुमन स्वरुप यो म्युजिक भिडियो अर्पण गरेको छ।

Share Now

Leave a comment.