Prakash Adhikari November 6, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २१ कार्तिक (एजेन्सीहरु) । अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणना भैरहेका राज्यमध्ये मतगणनाको अन्तिमतिर पुग्न लागेको जर्जिया राज्यमा राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले अग्रता लिनुभएको छ ।

सिएनएनले फ्लास न्यूजमा दिएको जानकारी अनुसार सो राज्यमा बाइडन पहिलो पटक वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडि पादै ९ सय १७ मतले पछाडि पार्दै विजयको यात्रामा अगाडि बढिरहनुभएको छ । जर्जियामा १६ निर्वाचक मत रहेका छन् । पहिले रिपब्लिकन स्टेटमा गरिने जर्जियाको निर्वाचक मत पाउने वित्तिकै वाइदन विजयी बन्नुहुने छ । यो राज्यमा ९९ प्रतिशत मतगणना सकिएको छ ।

एशोसिएट प्रेसले हिजोदेखि नै बाइडनले २ सय ६४ र ट्रम्पले २ सय १४ मत पाउनुभएको जनाएको छ ।

 

मतगणना भैरहेका अन्य नेभादा र एरिजोनामा पनि राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेद्वार पूर्व उपराष्ट्रपति जो बाइडन अगाडि हुनुहुन्छ । ६ निर्वाचक मत रहेको नेभादामा ८९ प्रतिशत मत गणना भैसकेको छ भने ११ निर्वाचक मत रहेको एरिजोनामा ९० प्रतिशत मत गणना सकिएको छ ।

निर्वाचनमा रणसंग्राम र निर्णायक मानिएका राज्यहरु पेन्सिल्भेनिया र एरिजोनामा पनि मतगणना भैरहेको छ ।

पेन्सिल्भेनियामा राष्ट्रपति ट्रम्पले १८ हजार २ सय २९ मतले अग्रता लिनुभएको छ । २० निर्वाचक मत रहेको सो राज्यमा ९५ प्रतिशत मत मात्रै गणना भएको छ । निर्वाचनको दिन पहिले नै हुलाकद्धारा प्रेषित कागजी मतहरु गणना भैरहेको र मुख्य शहरी क्षेत्रको त्यस्ता मतको लाभ डेमोक्रेटिक उम्मेद्वार बाइडनलाई भएकोले बाइडनका चुनावी अभियानकर्ताहरु यो राज्यमा पनि बिजयी हुनेमा ढुक्क छन् । हुलाकबाट आएका मतगणनामा बाइडनले ट्रम्पसंगको मतान्तर कम बनाउदै लैजानुभएको छ ।

१५ निर्वाचक मत रहेको नर्थ क्यारोलाइनामा राष्ट्रपति ट्रम्पले ७६ हजार ७ सय ३७ मतले अग्रता लिनुभएको छ । त्यहाँ ९५ प्रतिशत मतहरु गणना भएका छन् ।

Share Now

Leave a comment.