Prakash Adhikari January 30, 2018

 

भरतपुर(चितवन),१६ माघ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स लिमिटेडबाट ५ करोड ७५ लाख रुपैया कर्जा निकासा गरी दुरुपयोग गरको अभियोगमा अदालतबाट कर्जा बराबरको रकम जरिवाना र ३ बर्ष कैद सजाय भएका विमल खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले चितवनमा पक्राउ गरी चितवन जिल्ला अदालतको आदेशले जेल चलान गरेको छ ।

उनलाई माघ १३ गते पक्राउ गरी जिल्ला अदालत चितवनको आदेशले जिल्ला कारागार भरतपुर चलान गरिएको हो ।

खड्काले २०६५पुष ३ गते आफू सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको जिल्ला काठमाण्डौं साङला गा।वि।स।वडा नं। ९ समेतको जग्गाहरु धितो राखी रु. ५ करोड ७५ लाख कर्जा निकासा गरी आफैले उपयोग गरेको र कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाईनान्सका निपेक्षकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सानी पु(याएका थिए ।

उनलाई नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिबादी बिमल खड्का समेत भएको बैकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनले २०७१बैशाख २९ गते रु ५ करोड ७५ लाख जरीवाना र ३ बर्ष कैद हुने ठहर भएको थियो ।कैद बेरुजु रही फरार रहेका बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले मिति माघ १३ गते चितवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरी अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चितवनमा पठाईएको हो ।
अपराध अनुसन्धान व्यूरोको टोलीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा जसलाई अदालतले ६ बर्ष कैद र रु। १३ करोड ३० लाख जरीवाना ठहर गरेको छ, लाई मिति २०७२ जेठ १४ गते, नवराज खत्री(३ बर्ष कैद रु ६ ६ करोड ५० लाख  जरीवाना)लाई मिति २०७२ जेठ १९ गते, तुलसाकुमारी धमला(३ बर्ष कैद र २ करोड २० लाख जरीवाना)लाई २०७२ साउन१७ गते, भाइकृष्ण खड्का(३ बर्ष कैद र रु। ३ करोड ५० लाख जरीवाना)लाई मिति २०७२ भदौ २ गते र किरण केशर नेपाल(३बर्ष कैद र रु। ९ करोड ४१ लाख ३७ हजार ७ सय ७४ पैसा०१ जरीवाना)लाई मिति २०७३ माघ २४ गते फैसला कार्यान्वयनको लागि पक्राउ गरेको थियो ।

Share Now

Leave a comment.