
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका),२५ कार्तिक(बीबीसी) । गत मंगलबार सम्पन्न चुनावमा पराजित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रक्षा मन्त्री माइक स्पेन्सरलाई बर्खास्त गर्नुभएको छ ।
सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।
राष्ट्रपति ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएको ट्विटरमार्फत् घोषणा गर्नुभएको हो।
President Trump says he has fired Secretary of Defense Mark Esper, and that Christopher Miller will take his placehttps://t.co/PkqoyJIbxH
— CNN Breaking News (@cnnbrk) November 9, 2020
अब नवनिर्वाचित राष्ट्रपति जो बाइदेनले जनवरीमा सत्ता नसम्हालिञ्जेल राष्ट्रपति ट्रम्पका न्याशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरलाई रक्षा मन्त्रीको जिम्मेवारी दिइने बताइएको छ।
पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो।
मध्यपूर्वमा तनावका माझ पेन्टागनको नेतृत्व अनिश्चयमा
ढाकछोप गरेको आरोपले क्रुद्ध ट्रम्प जब बैठक छाडेर हिँडे
अमेरिकामा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसक्नुभएको छैन र उहाँले नतिजालाई अदालतमा चुनौती दिने धम्की दिंदै आउनुभएको छ।
अमेरिकामा आगामी जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले महत्वपूर्ण निर्णय गर्न पाउनुहुन्छ।
ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो।
ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै क्रिस्टोफर मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो
विवादको कारण
केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिनुभएको थियो।
एकजना अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा भएका प्रदर्शनहरूको अन्त्य गर्नका लागि सेना प्रयोग गर्ने धम्की ट्रम्पले दिनुभएको थियो ।
गत जुन महिनामा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताउनुभएको थियो।
उक्त टिप्पणीबाट ह्वाइट हाउस चिढिएको बताइएको छ।
उक्त टकराबका कारण राष्ट्रपतिले रक्षामन्त्री हटाउने आङ्कलन गरिएको थियो।
तर सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो(प्रति राष्ट्रपतिको व्यवहारका विषयमा पनि एस्पर र ट्रम्पबीच फरक मत थियो।
गत हप्ता मिटिटेरी टाइम्ससँगको अन्तर्वार्ताका क्रममा एस्परले ह्वाइट हाउससँग कठिन सम्बन्ध भए पनि राजीनामा दिनु सही काम नहुने आफ्नो विश्वास रहेको बताएका थिए।
ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा कैयौँ अधिकारी र सल्लाहकारहरूलाई प्राय ट्विटरबाट सूचना सार्वजनिक गर्दै निष्कासित गर्नुभएको छ। यो राष्ट्रपति ट्रम्पको काम गर्ने अनौठो शैली पनि हो ।