Prakash Adhikari November 9, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका)/मिन्ज(जर्मनी), २४ कार्तिक(एजेन्सीहरु) । अमेरिका र जर्मनीका कम्पनीले संयुक्त रुपमा परीक्षण गरिरहेको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको दावी गरेका छन् ।

अमेरिकाको फिट्जर र जर्मनीको औषधी निर्माता बायो एन टेकले यस्तो दावी गरेका हुन् । उनीहरुले अमेरिकाको नियमनकारी निकायमा यसै नोभेम्बर महिनाको अन्त्यसम्ममा आपत्कालीन उपयोगको लागि अनुमति लिन निवेदन दिइने बताएका छन् ।

उक्त खोपको विकास गर्ने कम्पनी फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा.अर्बट बुर्लाले भन्नुभएको छ ,’ यो विज्ञान र मानवताका लागि एक महान दिन हो । हाम्रो कोरोना भाइरस संक्रमण विरुद्धको खोपको तेस्रो चरणको परीक्षणको पहिलो समूहको नतिजाले कोरोना संक्रमण रोक्ने हाम्रो खोपको प्रारम्भिक प्रमाण दिएको छ ।’

उहाँले भन्नुभएको छ, ‘यो उत्साहजनक परिणाम यस्तो बेला आएको बताउनुभएको छ जब कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगिरहेको छ, अस्पतालहरु क्षमता भन्दाबढी विरामीले भरिएका छन र अर्थतन्त्र पुन खुला गर्न देशहरु संघर्षरत रहेका छन् ।’

म ज्यादै हर्षित छु, उहाँले सीएनबीसीसंग भन्नुभएको छु तर यही समय मलाई कहिले कहिले आँखामा आशु आउछ जब म महसुस गर्दछु कि यो यो यति धेरै मानिसहरुको नौ महिनाको दिनरातको अथक प्रयास प्रयासको अन्त पनि हो र कति मानिसको भन्नुस न अर्बौ मानिसले यसमा आशा लगाएर बसेका थिए ।

अमेरिकन र जर्मन कम्पनीले तयार पारेको यो खोप विभिन्न ६ देशका ४३ हजार ५ सय जनामा परिक्षण गरिएको थियो र त्यसक्रममा उनीहरुको स्वास्थ्य सुरक्षा सम्बन्धी कुनै पनि समस्याहरू देखा परेका थिएनन्।

चुनौती

अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।

केहीले यो खबर सुनेपछी आफू मुस्काएको बताएका छन् भने केहीले आगामी वसन्त ऋतुसम्ममा विश्वको जनजीवन सामान्य भैसक्ने आशा व्यक्त गरेका छन्।

खोप र राम्रो उपचारको व्यवस्था नै आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोनाभाइरसको महामारीका कारण लागु विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय हुन् भनिएको छ।

झण्डै एक दर्जनजति खोपहरू फेज ३ भनिने परिक्षणको अन्तिम चरणमा रहेका छन्। तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

पहिलेका परिक्षणहरूले उक्त खोपले शरीरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए।

तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ।

अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

 

Share Now

Leave a comment.